सोमबार, मंसिर २९,२०८२ 10:29:33
Bizshala
  • सोमबार, मंसिर २९,२०८२ 10:29:33
Bizshala
Global IME Bank Limited
Bizshala

तस्करीको सुनको तौल ६० किलो ७१६ ग्राम

Hyundai Nepal
तस्करीको सुनको तौल ६० किलो ७१६ ग्राम
Shivam Cement

काठमाण्डौ । तस्करी गरी नेपाल भित्र्याइएको सुनको तौल ६० किलो ७१६ ग्राम रहेको पाइएको छ। 

हङकङबाट ब्रेक शुमा लुकाएर नेपाल भित्र्याइएको सुनको वास्तविक तौल ६० किलो ७१६ ग्राम रहेको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका एक अधिकारीले जानकारी दिए। उक्त सुन ब्रेक शुबाट निकालेर राष्ट्र बैंकले गालेको थियो। 

 

गालेपछि सुनका ३४ बिस्कुट तयार गरिएको छ। ती बिस्कुटको कुल तौल ६० किलो ७१६ ग्राम ती अधिकारीले जानकारी दिए। ‘अब सुनको गुणस्तर परीक्षण हुनेछ’, ती अधिकारीले भने, ‘हप्ता दिनसम्म गुणस्तर पनि पत्ता लाग्नेछ।’ 

CG Motors
Garima Development Bank
Bizshala

काठमाडौँ — काम र आरामपछि मानिसहरूले के खोज्लान् ? दुई मत छैन, मनोरञ्जन । तर हरेक मानिसले मनोरञ्जन लिने तौरतरिका भने उनीहरूको स्वभावअनुसार फरक–फरक हुन्छ । धनीदेखि गरिब अनि गाउँदेखि सहर मनोरञ्जन गर्ने स्थान पनि अलग–अलग ।

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

सहरी क्षेत्रमा भने पछिल्लो समय मनोरञ्जनका लागि प्रमुख गन्तव्य बनेको छ, नाइटलाइफ । पब, डिस्को, डान्स, दोहोरी साँझ र नाइट क्लबमा संगीतमा झुम्ने र विभिन्न ड्रिङ्सको चुस्कीमा रमाउनेको संख्या ह्वात्तै बढेको छ । अझ तन्नेरी पुस्तामाझ त यो कल्चरकै रूपमा विकसित हुँदै गइरहेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited

यही रात्रिकालीन जीवनमा रमाउनेहरूका लागि पछिल्लो समय आकर्षक गन्तव्य बनेको छ, ठमेलको शेर भवनमा रहेको ‘गाँस बास को’ । र, सञ्चालक हुन् सुप्रिया कुँवर । खासमा गाँस बास को ‘थ्री इन वान’ हो । अर्थात् क्लब (सपर), रेस्टुराँ र होटल । ‘ठमेलमा जता गए पनि रात्रिकालीन व्यवसाय उस्तै उस्तै लाग्ने,’ उनी भन्छिन्, ‘त्यसैले नाइटलाइफमै केही फरक गरौं भने सोचले जन्मिएको हो– गाँस बास को ।’

खासमा ‘गाँस बास को’ लाई पार्टी होटल भन्न चाहन्छिन् सुप्रिया । ‘रात्रिकालीन जीवनमा रमाउनेका लागि यहाँ सबै कुरा एउटै भवनमै छ,’ उनी भन्छिन् । तर यो व्यवस्था गर्न उनले लगानी पनि राम्रै गरेकी छन् । उनका अनुसार बीस करोडभन्दा बढी खर्चमा सञ्चालनमा आएको हो ‘गाँस बास को’ । शेर भवनको चौथो तलमा पूर्वतर्फ छ ‘सपर क्लब’ । त्यसको पश्चिमतर्फ रेस्टुराँ । अनि, दोस्रो र तेस्रो तलामा होटल ।

सन् १९७० को दशकमा निकै लोकप्रिय थियो डिस्को कल्चर । त्यही थिममा उनले सञ्चालनमा ल्याएकी हुन् सपर क्लब । ‘हामी जन्मे हुर्केको समयलाई सम्झाउने उद्देश्यले त्यतिबेलाका गीतसंगीत बजाउने गरिएको छ,’ उनले भनिन् । ठमेलका अरू क्लबहरूभन्दा निकै फरक देखिन्छ ‘सपर क्लब’ । कारण, झ्याल, टेबल, कुर्सी र लेदरका बार स्टुल सबै भिन्टेज । अनि फरक र आकर्षक डिजाइनमा आफैं निर्माण गरिएका टेबल लाइट तथा सिलिङमा झुन्ड्याइएका डिस्को बल र लाइट ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.