शुक्रबार, जेष्ठ १,२०८३ 12:36:08
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 12:36:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दीपेन्द्र अग्रवालको दादागिरी: लगानीकर्तालाई उक्साउन छाडेनन्, नियामकको रहस्यमय मौनता

Laxmi Sunrise Bank Limited
दीपेन्द्र अग्रवालको दादागिरी: लगानीकर्तालाई उक्साउन छाडेनन्, नियामकको रहस्यमय मौनता
Shivam Cement

काठमाण्डौ । पुँजीबजारमा दीपेन्द्र अग्रवाल एक परिचित नाम हो । दोस्रो बजारमा उनी एक विवादित र सक्रिय लगानीकर्ताका रुपमा पनि चिनिन्छन् । यसअघि उनी साविक जनरल इन्स्योरेन्स कम्पनीको संचालक समेत थिए ।  

सेयरबजारमा करोडौं लगानी गर्ने अग्रवालले नियामक निकाय धितोपत्र बोर्डलाई समेत टेर्दैनन् । यही अटेरीपन र खुलेआम कुनै कम्पनीको मूल्य घटबढ गराउने भूमिकाका कारण उनलाई धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालले कारबाही गरेका थिए । लामो समयसम्म अग्रवालको बैंक खाता सस्पेन्ड गरिएको थियो भने उनलाई व्यक्तिगत रुपमा कारोबारमा समेत रोक लगाइएको थियो । हमाल पावरमा रहुञ्जेल उनी सामसुम झै भए, हराए । तर हमाल विवादमा आउन थालेपछि उनी पनि बोल्न थाले । जब हमालको कार्यकाल सकियो र धितोपत्र बोर्ड अध्यक्षविहीन अवस्थामा कमजोर बन्यो, तब अग्रवालको पुरानै शैली र रुप छताछुल्ल हुन थालेको छ । उनी आफूसँग सबै तह र तप्काका व्यक्तिहरुको राम्रो सम्बन्ध रहेको भन्दै खुलेआम कम्पनीको सेयरमा चलखेल गर्न थालेका छन् । एकपछि अर्को गर्दै खुलेआम अराजक बनिरहेका उनीमाथि कारबाही गर्न धितोपत्र बोर्डले आनाकानी गरिरहेको पाइएको छ । 

Bizshala
New Office
CG Motors

स्रोतकाअनुसार अग्रवालको मन्त्रीदेखि राष्ट्र बैंकका गर्भनर र उच्च पदस्थ ब्यक्तिहरुसँग समेत राम्रो सम्बन्ध रहेको छ । यसैकारण नियामक र सञ्चारमाध्यमलाई समेत चूनौती दिंदै अग्रवाल सेयरबजारको कारोबार समयमै आफ्नो फेसबुकका भित्तामा खुलेआम ‘कुनै विशेष कम्पनीको सेयर’ किन्न लगानीकर्तालाई आह्वान गर्छन्, गरिरहेका छन् ।  

धितोपत्र बोर्डका अनुसार सेयरबजारमा कारोबार समयमा कसैले पनि सेयरबजार प्रभाव पार्ने खालका अभिव्यक्ति राख्न वा दिन पाइन्न । कसैले दिए त्यो गैरकानूनी काम हो र त्यसलाई दण्ड हुन्छ । तर, अग्रवाल भने कुनै कानूनको डरबिनै खुलेआम लगानीकर्ता उक्साइरहेका भेटिन्छन् ।  

गत साता मात्रै जोशी हाइड्रोपावरको सेयरबारे अग्रवालले एक अभिव्यक्ति दिएका थिए । उनले खुलेआम वित्त कम्पनीसँगै पिपुल्स पावर र रिभर फल्सको सेयर फालेर जोशी हाइड्रोको सेयर खरिद गर्न लगानीकर्तालाई आह्वान गरेका थिए ।  

यति मात्रै नभई अग्रवालले आफूले खरिद गर्न लागेको जोशी हाइड्रोको सेयरभाउ बढाउने फण्डासहित ‘के जोशी हाइड्रो १००० सम्म पुग्छ ?’ भन्दै लगानीकर्ता उक्साएका थिए ।  

धितोपत्र बोर्डको नियमानुसार यसरी बजार प्रभाव पार्ने गरी सामाजिक सञ्जालमा अभिव्यक्ति दिनेलाई कारबाही हुन्छ । तर अग्रवाललाई कारबाही गर्नुको साटो धितोपत्र बोर्डका अधिकारी टुलुटुलु हेरेर बसेका छन् ।  

आइतबार साताको पहिलो कारोबारको पहिलो दिन जोशी हाइड्रोपावरको १० करोड १४ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो । केही लगानीकर्ताहरुले आइतबार अग्रवालले करोडौंको लगानीमा जोशी हाइड्रो उठाएको बताएका छन् ।  

आफूले खरिद गरेको सेयर एकहजार रुपैयाँसम्म पुर्याउने अग्रवालको अभियान अझ तीव्र बनेको छ । आज पनि कारोबार समयमा नै उनले जोशी हाइड्रोपावरको सेयर खरिद गर्न सुझाव दिएका छन् । दुईअर्थी शब्दमा उनले ‘किन्ने लेबलमा आयो हाउज द जोश गाईज ?’ भन्दै लगानीकर्तालाई उक्साएका छन् । 

‘जोश जाँगर कस्तो छ’ भन्ने अर्थ लगाउँदै अग्रवालले अप्रत्यक्ष रुपमै जोशी हाइड्रोको सेयर किन्न उक्साइरहेको स्पष्ट देखिन्छ । उनले अघिल्लो दिनमात्रै पनि आफ्नो फेसबुक पेज निजी रहेको र आफ्नो फेसबुक पेजमा के लेख्ने वा नलेख्ने आफ्नो निजी निर्णय रहेको बताउँदै नियामक र सञ्चारमाध्यमले जे भने पनि फरक नपर्ने धम्कीयुक्त स्टाटस राखेका छन् ।  

अग्रवाल एकपछि अर्को गर्दै अराजक बनेर लगानीकर्ता उक्साइरहँदा धितोपत्र बोर्ड भने मौन रहेको छ । ‘अग्रवालको विषयमा अनुसन्धान हुँदैछ’ भन्ने रेडिमेड जवाफ मात्र दिने गरेका बोर्डका अधिकारीहरुले छानबिन भइरहेको दाबी गरेका छन् । यस्तो दाबी उनीहरुले विगत ५ दिनदेखि दैनिकजसो गर्दै आएका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.