Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

फोहोर टिप्ने बहाना बनाई ९४.१० लाख रुपैयाँबराबरको गरगहना तथा नगद चोरी गर्ने ३ जना पक्राउ

Global IME Bank Limited
फोहोर टिप्ने बहाना बनाई ९४.१० लाख रुपैयाँबराबरको गरगहना तथा नगद चोरी गर्ने  ३ जना पक्राउ
Nabil Bank Limited

काठमाण्डौ । फोहोर टिप्ने बहाना बनाई ९४ लाख १० हजार रुपैयाँबराबरको धनमाल चोरी गर्ने ३ जना पक्राउ परेका छन् । नेपाल प्रहरीले चोरीमा संलग्न भारतीय नागरिक विकास पोदार र अन्य दुईजना पक्राउ गरेको हो ।  

२६ वर्षिय पोदारले गत माघ २८ गते गोकणेश्वर नपा वडा नं .४ माकलवारीस्थित दिलमाया आले मगरको घरबाट दिउँसोको समयमा कोही नभएको मौका पारी घरको ढोका फुटाई भित्र प्रबेश गरी ६५ लाख रुपैयाँबराबरको सुनका विभिन्न गरगहना तथा नगद गरी चोरी गरेका थिए । उनलाई प्रहरीले जडिबुटीबाट पक्राउ गरको हो । पक्राउ परेपछि प्रहरीले अनुसन्धान गर्दै जादा उनी अन्य चोरीको घटनामा समेत संलग्न पाइएको प्रहरीले जनाएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अनुसन्धानका क्रममा उनी समेत संलग्न भई अन्य दुई जनाले गत माघ २४ गते बुढानिलकण्ठस्थित दिनेश घिमिेरेको घरबाट २५ लाख बराबरेको सुन तथा नगद चोरी गरेको पाइएको प्रहरीले जनाएको छ ।  

त्यस्तै उनीहरुले माघ २८ गते पनि गोकर्णेश्वरस्थित गिता राईको घरबाट ४ लाख १० हजार रुपैयाँबराबरको धनमाल चोरी गरेको अनुसन्धानमा खुलेको छ ।  

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागी प्रहरी वृत बौद्ध पठाइएको  नेपाल प्रहरीले जनाएको छ । तीनै जनाले फोहोर टिप्ने बहाना बनाई चोरी गर्ने गरेका थिए । 


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.