बिहीबार, बैशाख ३१,२०८३ 05:43:00
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 05:43:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हाथवे इन्भेस्टमेन्टको आईपीओमा आवेदनको ओइरो, अन्तिम दिनसम्म करिब १३ गुणाले ओभरसब्सक्राइब्ड

Laxmi Sunrise Bank Limited
हाथवे इन्भेस्टमेन्टको आईपीओमा आवेदनको ओइरो, अन्तिम दिनसम्म करिब १३ गुणाले ओभरसब्सक्राइब्ड
Shivam Cement

काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओमा अचाक्ली आवेदन परेको छ। निष्कासनको अन्तिम दिनसम्म यो आईपीओ करिब १३ गुणाले ओभरसब्सक्राइब्ड भएको हो। 

कम्पनीले गत भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज भदौ २५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। 

 

Bizshala
New Office
CG Motors

कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको थियो। जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ। 

Garima Development Bank
Shivam Cement
IME remit

यसैगरी कम्पनीले कुल कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

सीडीएससीका अनुसार आज भदौ २४ गते साँझसम्म यो आईपीओमा १३ लाख २४ हजार ४११ आवेदकबाट कुल ३ करोड १२ लाख ५६ हजार ९२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १२.८७ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। 

हाथवे इन्भेस्टमेन्टको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.