बुधबार, असार १८,२०८२ 09:45:16
  • बुधबार, असार १८,२०८२ 09:45:16
Global IME Bank Limited

वर्षको उत्कृष्ट उपकुलपतिको अवार्ड मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा.नन्द बहादुर सिंहलाई

Hyundai Nepal
वर्षको उत्कृष्ट उपकुलपतिको अवार्ड मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा.नन्द बहादुर सिंहलाई
Nabil Bank Limited

काठमाण्डौ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंह वर्षको उत्कृष्ट उपकुलपतिको अवार्डबाट सम्मानित भएका छन् । सिंहलाई कलेज रिडर्सले वर्षको उत्कृष्ट उपकुलपतिको अवार्डबाट सम्मानित गरेको हो ।  

काठमाण्डौंमा आयोजित ‘विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार सम्मान’ कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेशप्रसाद तिमिल्सिनाले उत्कृष्ट उपकुलपति तथा रजिष्ट्रार हरुलाई नेपाल एजुकेसन अवार्ड २०२४ बाट सम्मान तथा अवार्ड प्रदान गरेका हुन् । मुल्याँकन समिति प्रमुख प्रा डा भीमप्रसाद सुवेदीको सिफारिसमा उक्त सम्मान तथा अवार्ड प्रदान गरिएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै वर्षको उत्कृष्ट रजिष्ट्रारको अवार्ड लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले , प्रोमिसिङ भाइस चान्सलर अफ दि इयर काठमाडौं विश्वविद्यालयका उपकुलपतिप्राडा भोला थापाले र प्रोमिसिङ रजिष्ट्रार अफ दि इयर पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीले प्राप्त गरे ।  

उक्त कार्यक्रम कलेज रिडर्सका संरक्षक भवानीप्रसाद पौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।  

उपकुलपति र रजिष्ट्रारहरूको सम्मान तथा अवार्डका लागि विश्वविद्यालय अनुदान आयोगका पुर्व अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीको अध्यक्षतामा निर्मित मुल्याँकन समितिले निश्चिित मापदण्ड निर्धारण गरी सम्मान तथा अवार्डका लागि सिफारिस गरेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.