काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.७६ अंकले घटेर २ हजार ३३ को विन्दुमा झरेको छ ।
नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज ५ वटा समूहमा हरियाली छाएको छ, भने बाँकी ८ समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.४१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.०३ प्रतिशतले घटेको छ ।
बीमा समूहहरु घटेपनि आज दुई पुनर्बीमा कम्पनीसहित १२ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ ।
आज सर्वाधिक कमाउने अर्थात सेयरभाउ बढ्ने बीमा कम्पनीमा हिमालयन रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४.७९ प्रतिशतले घटेर ६५० रुपैयाँ पुगेको छ ।
त्यस्तै, सन नेपाल लाइफको १.३३ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.२० प्रतिशत, नेको इन्स्योरेन्सको ०.९२ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.६३ प्रतिशत, सानिमा जिआइसीको ०.४६ प्रतिशत, सुर्यज्योति लाइफको ०.४२ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.३९ प्रतिशत, हिमालयन लाइफको ०.३३ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२३ प्रतिशत, आरबीसीएलको ०.१७ प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.०९ प्रतिशतले सेयरभाउ बढेको छ ।
त्यस्तै, आज सर्वाधिक गुमाउने अर्थात सेयरभाउ घट्ने बीमा कम्पनीमा नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.८५ प्रतिशतले घटेर ८४८ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, एलआइसी नेपालको १.७८ प्रतिशत, एशियन लाइफको १.७५ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.१४ प्रतिशत, आइएमई लाइफको १.०७ प्रतिशत, युनाइटेड अजोडको ०.९२ प्रतिशत, नेशनल लाइफको ०.७० प्रतिशत, शिखरको ०.६२ प्रतिशत, सिटिजन लाइफको ०.५७ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.५० प्रतिशत, नेपाल लाइफको ०.२८ प्रतिशत र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.०२ प्रतिशतले सेयरभाउ घटेको छ ।
सेयरभाउ बढेसँगै आज हिमालयन रि इन्स्योरेन्सको ३१ करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नेपाल इन्स्योरेन्सको २ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                