Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न महानगरको निर्देशन

Global IME Bank Limited
ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न महानगरको निर्देशन
Nabil Bank Limited

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न निर्देशन दिएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै ललिता निवास क्षेत्रमा रहेका व्यक्ति,कम्पनी तथा संघ संस्था लाई ७ दिनभित्र हट्न निर्देशन दिएको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तोकिएको मितिभित्र नहटेमा प्रचलित कानुन बमोजिम हटाइने र सरकारी जग्गाको संरक्षण गरिने महानगरले जनाएको छ । विशेष अदालतले गत फागुन ३ गते ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिवादी कलाथर देउजासहित १७५ जनालाई दोषि ठहर गरेको थियो ।  

अदालतको सो निर्णयपछि (जफत)सरकारी भएको उक्त जग्गाको संरक्षण स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्थाअन्तर्गत दफा ९७ (१) बमोजिम महानगरले गर्नुपर्ने व्यवस्था रहेकाले ललिता निवासको जग्गाको संरक्षण गर्न लागिएको महानगरपालिकाले जनाएको छ । 

सोहि व्यवस्थामा दिइएको अधिकार प्रयोग गरी महानगरले जग्गा खाली गर्न लागेको हो ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.