Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन रि इन्स्योरेन्स

Hyundai Nepal
७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन रि इन्स्योरेन्स
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ६.४६ अंकले घटेर २ हजार २६ बिन्दुमा झरेको छ ।  

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज उत्पादन तथा प्रशोधन समूह बाहेकका सबै सूचकमा रातो पोतिएको छ । बीमा समूहका दुईवटै समूह घटेका छन् । जीवन बीमा उपसूचक ०।२८ प्रतिशत र निर्जीवन बीमा समूह ०.३० प्रतिशतले घटेको छ ।  

सूचीकृत २६ बीमा कम्पनीहरुमध्ये ७ वटा कम्पनीको सेयरभाउ मात्रै बढेको छ । सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने बीमा कम्पनीमा एलआईसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ १.३६ प्रतिशत अर्थात् १७.९० रुपैयाँले बढेर १ हजार ३३८ रुपैयाँ पुगेको छ ।

Shivam Cement
Sagarmatha Cement

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.८७ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ०.५७ प्रतिशत, नेशनल लाइफको ०.५१ प्रतितशत, प्रभु इन्स्योरेन्सको ०.५० प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.२४ प्रतिशत र शिखर इन्स्योरेन्सको ०.१४ प्रतिशतले सेयरभाउ बढेको छ ।  

आज सर्वाधिक गुमाउने अर्थात सेयरभाउ घट्ने कम्पनीमा हिमालयन रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.५८ प्रतिशतले घटेर ६३३ रुपैयाँ २० पैसा कायम भएको छ । साथै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयरभाउ पनि १.९८ प्रतिशतले घटेर ५४० रुपैयाँ १० पैसा कायम भएको छ ।  

त्यस्तै, रिलायबल नेपाल लाइफको १.९७ प्रतिशत, सानिमा जिआइसी इन्स्योरेन्सको १.८० प्रतिशत, नेको इन्स्योरेन्सको १.२१ प्रतिशत, एनएलजीको १.२० प्रतिशत, सिटिजन लाइफको ०.९८ प्रतिशत, सन नेपाल लाइफको ०.९१ प्रतिशत, आइएमई लाइफको ०.८० प्रतिशत, सुर्यज्योति लाइफको ०.७९ प्रतिशत, सलिकोको ०.७५ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.६७ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.६६ प्रतिशतले घटेको छ । यसका साथै हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.६० प्रतिशत, हिमालयन लाइफको ०.५१ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको ०.३७ प्रतिशत, एशियन लाइफको ०.२१ प्रतिशत र नेपाल लाइफको ०.१८ प्रतिशतले सेयरभाउ घटेको छ ।

आजपनि सदाझै हिमालयन रि इन्स्योरेन्सकै सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज एकैदिन ११ करोड १२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.