Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

इपीएस, आरओई, आरओए, पीई नेगेटिभ, कम्पनी घाटामा, दोश्रो बजार मूल्य भने एकमहिनामै ५.७ गुणाले वृद्धि

Hyundai Nepal
इपीएस, आरओई, आरओए, पीई नेगेटिभ, कम्पनी घाटामा, दोश्रो बजार मूल्य भने एकमहिनामै ५.७ गुणाले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो समय नेपालको सेयर बजारमा व्यापक रुपमा कर्नरिङ हुन थालेको छ । सप्लाई कम भएका कम्पनीको सेयरमूल्यमा व्यापक चलखेल भइरहँदा समेत सम्बद्ध निकायहरु चूप छन् । नियामक कमजोर भूमिकामा रहेको मौकामा विभिन्न गिरोहहरुले कमजोर वित्तीय अवस्थाका कम्पनीहरुको सेयरमूल्यमा दैनिकजसो पोजिटिभ सर्किट लगाई भाउ रकेट झै उडाइरहेका छन् ।

चलखेल गर्ने गिरोहले कमजोर कम्पनीकै सेयरमा नियोजित ढंगले पोजिटिभ सर्किट लगाउन थालेपछि लगानीकर्ताहरु पनि छोटो समयमा राम्रो रिटर्न हुने भन्दै त्यस्तै कम्पनीमा आँखा चिम्लिएर पैसा खन्याइरहेका छन् । खराब वित्तीय अवस्थाका कम्पनीमा यसरी लगानी गर्दा लगानीकर्ताको करोडौं रुपैयाँ जोखिममा छ र जुनसुकै बेला डुब्नसक्ने अवस्था छ । 

Shivam Cement
Sagarmatha Cement

भित्री कारोबारबाट छोटो समयमै मूल्य बढाइएको कम्पनीहरुको सूचीमा पछिल्लो समय समाज लघुवित्त पनि थपिएको छ । एक महिनाअघि मात्र यो कम्पनीको दोश्रो बजार मूल्य प्रतिकित्ता ३४७ रुपैयाँमा सीमित थियो । त्यसपछि लगातार मूल्य बढाएर आज(बुधबार) पनि पोजिटिभ सर्किट लगाई मूल्य प्रतिकित्ता १९७८.५० रुपैयाँ पुर्याइएको हो ।  

दोश्रो बजारमा यो कम्पनीको २ लाख २८ हजार ५०० कित्ता सेयर सूचीकृत छन् । थोरै कित्ता सेयर सूचीकृत हुँदा चलखेल गर्ने गिरोहले खुलेआम मूल्य बढाएको देखिन्छ । कारोबार गर्नेहरुले समूह नै बनाएर लगातार यो कम्पनीमा नियोजित कारोबार गरेको देखिन्छ ।  

यो विषयमा न धितोपत्र बोर्ड न त नेपाल स्टक एक्सचेञ्जले नै चासो दिएका छन् । खराब वित्तीय अवस्थाको यस्ता कम्पनीको सेयरमा लगानी गर्नेहरु खेलाडीले खेल्न छाडेपछि जुनसुकै बेला डूब्ने अवस्था भए पनि सचेत गराउने निकाय समेत तै चूप मै चूप छन् ।

समाज लघुवित्तसहित केही कम्पनीमा खुलेआम बढेको कर्नरिङको अवस्था हेर्दा बजारमा जति नै मनपरी गरे पनि छुट हुने भाष्य निर्माण भइरहेको छ ।  

खराब वित्तीय अवस्था  

चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरणअनुसार समाज लघुवित्त १६ लाख ७० हजार खूद घाटामा छ । यो अवधिसम्म यो कम्पनी १ करोड ८८ लाख सञ्चालन घाटामा रहेको छ ।  

सो अवधिसम्म कम्पनीले ६७ लाख रुपैयाँ हाराहारीमा मात्र खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ९३ लाख खूद ब्याज आम्दानी गरेको थियो ।  

कुल २ करोड २८ लाख रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीको दोश्रो त्रैमाससम्म प्रतिसेयर आम्दानी ७.३१ रुपैयाँले नेगेटिभ छ । प्रतिसेयर नेटवर्थ १९८.२६ रुपैयाँ रहेको छ ।  

यस्तै, रिटर्न अन इक्वीटी(आरओई) ३.६९ प्रतिशतले नेगेटिभ, रिटर्न अन एसेट(आरओए) ०.३५ प्रतिशतले नेगेटिभ, तरलता अनुपात ४.४४ प्रतिशत रहेको छ ।  

अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म यो कम्पनीको खराब कर्जा अनुपात ०.०९ प्रतिशतमा सीमित रहेकोमा बढेर यो वर्ष ४.०१ प्रतिशत पुगेको छ ।  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.