Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

च्याटजीपीटी जस्तै एआई च्याटबट‘हनुमान’ल्याउने तयारीमा रिलायन्स इन्डस्ट्रिज

Global IME Bank Limited
च्याटजीपीटी जस्तै एआई च्याटबट‘हनुमान’ल्याउने तयारीमा रिलायन्स इन्डस्ट्रिज
Nabil Bank Limited

काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज लिमिटेडले च्याटजीपीटी जस्तै एआई च्याटबट‘हनुमान’ल्याउने तयारी गरेको छ । कम्पनीले यो नयाँ एआई च्याबट आगामी महिना लञ्च गर्न लागेको हो ।  

कम्पनीले यसका लागि ८ वटा सम्बद्ध विश्वविद्यालयसँग मिलेर काम गरिरहेका छन् । जसलाई ‘भारत जीपीटी ग्रुप नाम दिइएको छ । मंगलबार एउटा प्राविधिक सम्मेलनका क्रममा यो एआई च्याटबट प्रदर्शन गरेको थियो ।  

यो एआई च्याटबट‘हनुमान’मा स्पीच–टु–टेक्स्टको क्षमता हुने जनाइएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै यसमा विशेष ग्राहकका लागि यो कस्टमाइज मोडलमा समेत तयार पारिने जनाइएको छ । कम्पनीले जीओ ब्रेनमा समेत काम गरिरहेको छ । जुन लगभग ४५ करोड ग्राहकको नेटवर्कमा एआई प्रयोग गर्नका लागि एउटा प्लेटफर्म हो । १.४ अर्ब मानिस अशिक्षित रहेको भारतका लागि जीओ ब्रेन महत्वपूर्ण साधनको रुपमा साबित हुने विश्वास कम्पनीले गरेको छ ।  

दुई महिनाअघि जिओ इकोफर्मका अध्यक्ष आकाश अम्बानीले कम्पनीले टेलिभिजनका लागि कम्पनीले आफ्नै अपरेटिङ सिस्टम ल्याउने बताएका थिए । यसका अतिरिक्त कम्पनीले जियो कमर्श,सञ्चार तथा साधन जस्ता भिन्न/भिन्न क्षेत्रमा प्रडक्ट तथा सेवाहरु लञ्च गर्ने तयारी गरेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.