काठमाण्डौ । एनआईसी एशिया बैंकले लाभांश प्रदान नगर्ने निर्णय गरेको छ । बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने र बैंकको गत आवको वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                