शनिबार, माघ २६,२०८१ 12:18:20
IME remit
  • शनिबार, माघ २६,२०८१ 12:18:20
IME remit
Global IME Bank Limited

टेक्नो फ्यान्टम भी फोल्ड २५ जी फोल्डेबल फोन नेपाली बजारमा सार्वजनिक

Hyundai Nepal
टेक्नो फ्यान्टम भी फोल्ड २५ जी फोल्डेबल फोन नेपाली बजारमा सार्वजनिक
Nabil Bank Limited

काठमाण्डौ । ‘बोर्न टु डोमिनेट’ भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम उत्पादन, टेक्नो फ्यान्टम भी फोल्ड २५ जी, नेपाली बजारमा सार्वजनिक गरेको छ। फोल्डेबल प्रविधिमा नयाँ स्तर स्थापना गर्ने उद्देश्यले ल्याइएको यो स्मार्टफोन प्रविधिप्रेमीहरूका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार फ्यान्टम भी फोल्ड २ ले अत्याधुनिक प्रविधि र उत्कृष्ट डिजाइको संयोजन प्रदान गरेको छ। यसको मुख्य विशेषता दुईवटा स्क्रिन हुन् ।  जसले उपयोगकर्ता अनुभवलाई थप प्रिमियम बनाउँछ। खोलिएको अवस्थामा ७.८५ इन्चको द्दप्ं ब्ःइीभ्म् स्क्रिनले इमर्सिभ भिजुअल अनुभव दिन्छ भने फोल्ड भएपछि ७.८५ इन्चको टु के प्लस एमोएलईडी पातलो स्क्रिनले खल्तीमा सहजै फिट हुने सुविधा दिने कम्पनीको दाबी छ ।

Bizshala
CG Motors
Sagarmatha Cement

Mediatek Dimensity 9000+ 5G चिपसेटद्वारा संचालित यो फोनले तीव्र गतिको प्रदर्शन सुनिश्चित गर्छ। यसमा रहेको ५० एमपी मुख्य क्यामेरा, अल्ट्रा–वाइड र टेलीफोटो लेन्सको संयोजनले प्रत्येक क्षणलाई आश्चर्यजनक विवरणसहित कैद गर्न सक्षम बनाउँछ। साथै, ४ लाख पटक फोल्ड गर्न सकिने टिकाउपनले फोनलाई लामो समयसम्म प्रयोग गर्न उपयुक्त बनाएको छ।

५ हजार ७५० क्षमताको ब्याट्री र ७० वाट फास्ट चार्जिङले यो फोनलाई व्यस्त जीवनशैलीका लागि उपयुक्त बनाएको छ। १५ वाट वायरलेस चार्जिङ सपोर्टले अझ बढी सुविधा थपेको कम्पनीले जनाएको छ ।

टेक्नोले यो फोल्डेबल फोनलाई नेपाली ग्राहकहरूको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बजारमा उतारेको छ। किफायती मूल्यमा अत्याधुनिक प्रविधि चाहने ग्राहकहरूको लागि यो एक उत्कृष्ट विकल्प हुनेछ। नेपाली प्रविधि बजारमा फोल्डेबल फोनको सम्भावनालाई नयाँ उचाइमा पुर्‍याउने आशा गरिएको छ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.