Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सफल लगानीकर्ता बन्न वारेन बफेटले दिएका यस्ता छन् ९ सुझाव

Global IME Bank Limited
सफल लगानीकर्ता बन्न वारेन बफेटले दिएका यस्ता छन् ९ सुझाव
Nabil Bank Limited

काठमाण्डौ । विश्व सेयर बजारमा ‘सेयर बादशाह’का रुपमा परिचित छन् वारेन बफेट । सेयर बजारमा थुप्रै लगानीकर्ताले उनको लगानीको सुत्र र उनको लगानीको चाललाई पछ्याउने गर्छन । वारेन बफेटको भनाईमा आम्दानी बढाउनका लागि सही दिशाको आवश्यकता पर्छ । प्राय मानिसहरु धनीहरुलाई हेरेर त्यस्तै बन्ने कोशिश त गर्छन, तर स्पष्ट दिशाबिनाको त्यस्तो कोशिशको अर्थ हुँदैन । अबदेखि धनी भइसकेकाहरुलाई मात्र हेरेर लगानी गर्न बन्द गर्नुहोस्, बरु सही दिशा र ठाउँमा आफ्नो पैसा लगानी गर्नुहोस् । आम्दानी बढाउनका लागि समेत यही मात्र एक राम्रो आइडिया हो कि सही ठाउँमा लगानी गरी कमाउन सकिन्छ ।  

वारेन बफेटले मुनाफा कमाउने यस्तै ९ वटा टिप्स हालै सार्वजनिक गरेका छन् । हेरौं बफेटका ताजा लगानी टिप्स: 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१. भ्यालू इन्भेस्टिङ

यो राम्रो सेयर छनौट गर्ने उत्तम विधि हो । यसको अर्थ हो कि तपाई त्यस्तो कम्पनीको सेयर छनौट गर्नुहोस्, जसको आम्दानी, लाभांश इतिहास, बुक भ्यालू र क्यासफ्लो लगायतका फण्डामेन्टल निकै मजबुत छ । तर, यस्तो सेयर अण्डरभ्यालु भएको होस् अर्थात जसको मूल्यमा बढोत्तरीको प्रशस्तै संभावना होस् ।

२.गुणस्तरले अर्थ राख्छ

क्वालिटी विजिनेशमा ग्रोथ तथा कम्पाउण्ड क्यासफ्लोको अधिक संभावना हुन्छ । तर, कम गुणस्तरको विजिनेश कुन बेला डुब्छ पत्तो हुँदैन । यस्तो बेलामा मार्केट म्यानेजर्सले पनि तपाईलाई बचाउन सक्दैनन् । त्यसकारण सधैं यस्ता सक्षम म्यानेजरको संगत गर्नुपर्छ, जसको हित तपाईसँग मिल्छ । यसर्थ पनि गुणस्तरीय कम्पनीमा ध्यान दिनुहोस् ।  

३.डाइभर्सीफाइ नहुनुहोस्

यस्तो लगानी गर्नुहोस्, जुन पूरा जिन्दगीका लागि होस्, जसले तपाईलाई सधैं प्रफिट दिइरहोस् । अवसरहरुमा सधैं नजर राख्नुपर्छ । यस्तो अवसर विश्वका जुनसुकै कुनामा पाइन्छ, यस्तो अवसर कुनै अनपेक्षित उद्योग वा क्षेत्रमा पनि फेला पर्न सक्छ ।

४.धैर्य बन्ने क्षमता राख्नुहोस्

राम्रो लगानीकर्ताका लागि धैर्यता औधी आवश्यक विषय हो । अधिकांश लगानीकर्ता आफ्नो दुश्मन आफैं हुने गर्छन् । सहनशीलता र धैर्य गर्ने क्षमताले फाइदा दिलाउँछ ।

५.उतारचढावले अवसर दिन्छ

कम्पनीलाई हेरेर लगानीमा ज्यादा खर्च गर्नु या अनुमान भन्दा बढी भुक्तानी गर्नुलाई जोखिम भन्न सकिन्छ । भ्यालू भन्दा बढी मूल्यमा उतारचढाव भइरहन्छ । तर, मूल्यको उतारचढावले कहिलेकाही अवसर पनि दिनसक्छ।

६.मौका छैन भने लगानी नगर्नुहोस्

कुनै घटना जुनसुकै बेला हुनसक्छ, जसको कुनै पूर्वसंकेत नै हुँदैन । यसका लागि सधैं तयारी भएर बस्नुपर्छ । तपाईले लगानीसँग जोडिएको केही गल्ती गर्न सक्नुहुन्छ र त्यसपछि मात्रै सफल र अझ सशक्त बन्न सक्नुहुन्छ । यदि लगानीको सही मौका छैन भने नगद नै राख्नु पनि बुद्धिमानी हुनेछ ।

७.लगानीभन्दा महत्वपूर्ण हो रिटर्न

तपाईले पब्लिक कम्पनी, प्राइभेट कम्पनी, ऋणपत्र, इक्वीटीमध्ये केमा लगानी गरिरहनुभएको छ, त्यसले ठूलो अर्थ राख्दैन । लगानीको तरिका भन्दा महत्वपूर्ण त्यसबाट प्राप्त हुने रिटर्न हुन्छ । त्यसकारण रिटर्न बढी दिने कम्पनीमा लगानी गर्नुपर्छ ।

८.प्रष्ट बन्ने गर्नुहोस्

आफ्नो गल्तीको पहिचान गर्नु, दृढताका साथ अगाडि बढ्नु र गल्तीहरुबाट सिक्नु जरुरी हुन्छ । जस्तो कि राम्रो राइटिङले तपाईको सोंचलाई समेत सुन्दर बनाइदिन सक्छ । यो कुरा सेयरधनीका हकमा समेत लागू हुन्छ । सधैं प्रष्ट भई लगानीको क्षेत्रमा अगाडि बढ्नुपर्छ ।  

९.जे मन पर्छ, त्यही काम गर्नुहोस्

लाइक माइण्डेड सेयरधनीले जस्तै लगानी गर्नुहोस् । त्यो काम गर्नुहोस्, जुन तपाईलाई गर्न मन लाग्छ । आफूलाई मन परेको काम गर्नुभयो भने तपाईलाई पूरा जिन्दगीभर कुनै काम गरिरहेको छु भन्ने लाग्दैन । दैनिक रुपमा काम गरे पनि काम गरेजस्तो लाग्दैन ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.