बुधबार, कार्तिक ७,२०८१ 08:01:20
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:20
IME remit
Global IME Bank Limited

राष्ट्रबैंकद्वारा एकीकृत निर्देशन संसोधन, चैतदेखि ब्याजदर अझै घट्ने

Hyundai Nepal
राष्ट्रबैंकद्वारा एकीकृत निर्देशन संसोधन, चैतदेखि ब्याजदर अझै घट्ने
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि जारी गरिएको एकीकृत निर्देशन २०८० मा संशोधन/परिमार्जन/थप गरेको छ । 

केन्द्रीय बैंकले क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन संशोधन गरेको हो ।

Bizshala
Shivam Cement
CG Motors

राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्नेछ व्यवस्था गरेको छ ।

यो व्यवस्था २०८० चैत १ देखि लागु हुने राष्ट्र बैंकले जनाएको छ । यसअघि यस्तो ब्याजदर कम्तीमा २ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था रहेको थियो ।  

यो व्यवस्थाका कारण बैंकहरुले हाल संस्थागत मुद्दति निक्षेपमा दिंदै आएको ब्याजदर घट्न मद्दत पुग्नेछ । किनभने बैंकहरुले अहिलेको अवस्थामा निक्षेपको लागत बढाउन चाहदैनन् । निक्षेपको ब्याजदर चैतबाट थप घट्ने र यसले बैंकहरुको आधार दर समेत घटेर कर्जाको ब्याजदर समेत थप घटाउन मद्दत पुग्ने देखिन्छ । 

यस्तै राष्ट्र बैंकले बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेप (स्वदेशी तथा विदेशी मुद्रा) को हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दु भन्दा बढी नहुने गरी निक्षेप संकलन गर्नु पर्ने व्यवस्था भने हटाएको छ ।

यसैगरी कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको रु. २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिएको छ ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit

यो पनि हेर्नुहोस

Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.