Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकबीच भुक्तानी प्रणाली एकीकृत गर्ने सहमती

Hyundai Nepal
नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकबीच भुक्तानी प्रणाली एकीकृत गर्ने सहमती
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच भुक्तानी प्रणाली एकीकृत गर्ने समझदारी भएको छ । राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकबीच अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणालीको विकासको निम्ति नेपालको National Payments Interface (NPI) र भारतको Unified Payments Interface (UPI) को प्रणालीलाई एकीकृत गर्ने सम्बन्धमा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने सम्बन्धमा समझदारी भई एक Terms of Reference (TOR) मा हस्ताक्षर भएको हो ।  

Shivam Cement
Sagarmatha Cement

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दासको उपस्थितिमा गत फागुन ३ गते भारतको मुम्बईमा आयोजित कार्यक्रममा सो सम्बन्धी द्विपक्षीय समझदारीको Terms of Reference (TOR) मा हस्ताक्षर भएको हो । TOR मा नेपाल राष्ट्र बैंकका तर्फबाट विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे र भारतीय रिजर्व बैंकको तर्फबाट भुक्तानी तथा फछ्र्यौट विभागका चिफ जनरल मेनेजर गुनबीर सिंहले हस्ताक्षर गरेका थिए ।

सो अवसरमा नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच गठित अन्तरदेशीय विद्युतीय भुक्तानीसँग सम्बन्धित Joint Steering Committee पहिलो बैठकसमेत सम्पन्न भएको छ ।

NPI र UPI को भुक्तानी प्रणालीको एकीकृत गर्ने सम्झौताको कार्यान्वयनपछि दुई मुलुकबीच हुने अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबार सहज, सुलभ, छिटो र सुरक्षित हुने अपेक्षा गरिएको छ । 

यसबाट नेपाल र भारतका नागरिकलाई आफ्नो मुलुकमा विप्रेषण ट्रान्सफर, स्वास्थ्य उपचार, भ्रमण खर्चको भुक्तानीका निम्ति सहज हुने विश्वास लिइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको समयमा NPI र  UPI बीच अन्तरआबद्धताको लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) र भारतको एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (NIPL) बीच सन् २०२३ जुनमा समझदारीपत्र आदानप्रदान भएको थियो ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.