शुक्रबार, जेष्ठ १,२०८३ 01:08:41
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 01:08:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेप्सेमा दोहोरो अंकको गिरावट,जानकार भन्छन्,‘ब्याजदर बढ्ने हल्लाले घट्यो बजार’

Laxmi Sunrise Bank Limited
नेप्सेमा दोहोरो अंकको गिरावट,जानकार भन्छन्,‘ब्याजदर बढ्ने हल्लाले घट्यो बजार’
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २०.७६ अंक अर्थात १.०२ प्रतिशतले घटेर २ हजार ५.८३ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९६ प्रतिशतले घटेर ३५९.५७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर ३ अर्ब २० करोड ६१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्‘बजारमा आज बैंक सम्बन्धी केहि अफवाहले बजार घट्न पुगेको छ । आज दिनभर बजार थामिएको थियो । तर अन्तमा संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढ्ने समाचारले बजार घट्न पुगेको हो । ’

Bizshala
New Office
CG Motors

अर्का बजार जानकार उपेन्द्र पाठकले बजार घटिरहेको अवस्थामा लाभ करेको विषयले पुनःबजार घट्न पुगेको बताए । ‘एउटा अर्थमन्त्री आउँदा छुट दिने र अर्को मन्त्री आउँदा कर लगाउने जस्ता कार्यले बजार प्रभावित भएको छ । उद्योग व्यवसायीलाई पनि फसाइएको छ ।’

आज अन्तिम प्रहरमा ब्याज बढ्ने समाचारले बजार घटेको उनले बताए । यद्यपी यो पुरानै कुरा भएको र आजको घटाई नै अन्तिम हुने पाठक बताउँछन् ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये वित्त र उत्पादन तथा प्रशोधन समूह मात्रै बढे । आज वित्त समूह ०.३३ र उत्पादन तथा प्रशोधन समूह १.१४ प्रतिशतले बढे ।  

बैंकिङ समूह ०.९६ प्रतिशतले घटेको आज विकास बैंक ०.८७,होटल १.४८,हाईड्रोपावर १.९०,लगानी १.५४,जीवन बीमा १.०७,लघुवित्त ०.५२,म्युचुअल फण्ड ०.२४,निर्जीवन बीमा १.४६,अन्य ०.९० र व्यापार समूह ०.६० प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन पनि हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । आज यो  कम्पनीको १४ करोड ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।  

यस्तै गोखार्ज फाइनान्सको १४ करोड १ लाख,जोशी हाईड्रोपावरको ८ करोड ९३ लाख,एनआईशी एशिया बैंकको ६ करोड ४० लाख र ङादी ग्रुप पावरको ६ करोड २४ लाख बढीको कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन तीनवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सक्रिट लागेको छ । आज समाज लघुवित्तको सेयरमूल्य १० प्रतिशत,जोशी हाईड्रोपावरको ९.८७ र सामलिङ पावरको सेयरमूल्य ९.८५ प्रतिशतले बढ्यो ।  

आज बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य ८.२४ प्रतिशत र बोटलर्स नेपाल(तराई)को सेयरमूल्य ५.७३ प्रतिशतले बढेको छ ।  

आज हिमालयन उर्जा कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आ यो कम्पनीको लगानीकर्ताले ७.६० प्रतिशतले गुमाए ।  

त्यस्तै बाराही हाईड्रोपावरका लगानीकर्ताले ६.६७ प्रतिशत,पिपुल्स पावर ६.२६,अपर साङगे ५.१३ र राँवा इनर्जीको लगानीकर्ताले ५.०८ प्रतिशतले गुमाएका छन् ।    

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.