काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २०.७६ अंकले घटेर २ हजार ५ विन्दुमा झरेको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज फाइनान्स र उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूह राताम्य भएका छन् । बीमा समूहका दुबै उपसूचक घटेका छन् । जीवन बीमा उपसूचक १.०७ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.४६ प्रतिशतले घटेको छ ।
बीमा समूहहरु घट्दा आज दुई बीमा कम्पनीको मात्रै सेयरभाउ उचालिएको छ । सन नेपाल लाइफको १.०१ प्रतिशतले बढेर ५७१ रुपैयाँ र नेको इन्स्योरेन्सको ०.४८ प्रतिशतले बढेर ८१० रुपैयाँ पुगेको छ ।
बीमा कम्पनीहरुमध्ये आज सर्वाधिक गुमाउने अर्थात सेयरभाउ घट्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको आज एकैदिन २.६४ प्रतिशत वा ३६७ रुपैयाँले घटेर सेयरभाउ १३ हजार ५१३ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, शिखर इन्स्योरेन्सको २.२६ प्रतिशत, नेशनल लाइफको २.२५ प्रतिशत, सुर्यज्योति लाइफको १.९६ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १.८९ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.६६ प्रतिशत, एशियन लाइफको १.६२ प्रतिशत, सिटिजन लाइफको १.३८ प्रतिशत,
हिमालयन एभरेष्ट इन्स्योरेन्सको १.२२ प्रतिशत, हिमालयन लाइफको १.२१ प्रतिशत, आइएमई लाइफको १.१५ प्रतिशत, रिलायबल नेपाल लाइफको १.०८ प्रतिशतले सेयरभाउ घटेको छ ।
यसका साथै सानिमा जिआईसीको १ प्रतिशत, नेपाल लाइफ र एनएलजी इन्स्योरेन्सको ०.९८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.८९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.७८ प्रतिशत, सलिकोको ०.६० प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.५७ प्रतिशत र एलआइसी नेपालको ०.०४ प्रतिशतले सेयरभाउ घटेको छ ।
दुई पुनर्बीमा कम्पनीहरुमा हिमालयन रि इन्स्योरेन्सको सेयरभाउ १.४५ प्रतिशतले घटेर ६२४ रुपैयाँ र नेपाल रि इन्स्योरेन्सको ०.६३ प्रतिशतले घटेर ७५३ रुपैयाँ पुगेको छ । सर्वाधिक हिमालयन रि कै १४ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                