Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

एनभीडीयाको सेयर ‘विश्वको सबैभन्दा महत्वपूर्ण सेयर’ घोषित,बजार पूँजीकरण १.७ ट्रिलियन डलर

Hyundai Nepal
एनभीडीयाको सेयर ‘विश्वको सबैभन्दा महत्वपूर्ण सेयर’ घोषित,बजार पूँजीकरण १.७ ट्रिलियन डलर
Nabil Bank Limited

काठमाण्डौ । चिप निर्माण कम्पनी एनभीडीयाको सेयरलाई ‘विश्वको सबैभन्दा महत्वपूर्ण सेयर’ घोषणा गरिएको छ ।  

दिग्गज फाइनान्सियल सर्भिसेस कम्पनी गोल्डम्यान स्याक्सको ट्रेडिङ डेस्कले कम्पनीको सेयरमूल्यमा आएको उछालका कारण कम्पनीको सेयरलाई विश्वको सबैभन्दा महत्वपूर्ण सेयर घोषणा गरेको हो ।  

एनभीडीयाको बजार पूँजीकरण गूगलको भन्दा धेरै पुगेको छ । यसका साथै कम्पनीको सेयरमूल्यमा उछाल आईरहेको छ ।  

Shivam Cement
Sagarmatha Cement

यद्यपी बुधबार भने कम्पनीको सेयरमूल्य ४.१ प्रतिशतले ओरालो लागेको छ । कम्पनीले सेयरमूल्य लगातार चारदिन घटेको हो । इन्टेलको सेयरमूल्य पनि बुधबारको इन्ट्रोडेमा २.५ प्रतिशतले घटेको छ ।  

यो साता कम्पनीको सेयरमूल्यमा आएको गिरावटबा बाबजुत कम्पनीको बजार पूँजीकरण १.७ ट्रिलियन डलर पुगेको छ । कम्पनी बजार पूँजीकरणका रुपमा एस एण्ड पीमा तेस्रो ठूलो कम्पनीको रुपमा रहेको छ । एनभीडीयाभन्दा अघि माईक्रोसफ्ट र एप्पल इंकमात्रै छन् ।  

बिगत केहि दिनको गिरावटका बाबजुत सन् २०२४ मा कम्पनीको सेयरमूल्य ३५ प्रतिशतले वृद्धि भईसकेको छ । जुन एस एण्ड पी मा सूचीकृत कम्पनीहरु मध्य सबैभन्दा धेरै हो । गत वर्ष कम्पनीको सेयरमूल्य २३९ प्रतिशतले बढेको थियो ।  

यो वर्ष मात्रै कम्पनीको बजार पूँजीकरण ४०० बिलियन डलरले वृद्धि भएको छ । वालस्ट्रिले अबको त्रैमासमा कम्पनीको आम्दानी २० बिलियन डलरले बढ्ने अनुमान गरेको ।  

कम्पनीका सीईओ प्याट गेलसिंगरले न्यूयोर्कमा १५ अर्ब डलरबराबरको फाउन्डड्राई पाइपलाइनको घोषणा गरेका छन् ।-एजेन्सी

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.