Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेष्डो समृद्ध लघुवित्तद्वारा सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी

Global IME Bank Limited
नेष्डो समृद्ध लघुवित्तद्वारा सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी
Nabil Bank Limited

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले मृतक सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी गरेको छ । संस्थाको बर्दघाट शाखा कार्यालयले सदस्यको बीमा दाबी रकम भुक्तानी गरेको हो ।  

पश्चिम नवलपरासी बर्दघाट प्रतापपुर १ मा गठित बनदेबि समृद्ध व्यवसायिक केन्द्र नं। ९३ का सदस्यको कर्जा मिनाहा गरी बीमा रकम भुक्तानी गरेको संस्थाले जनाएको छ ।  

संस्थाका अनुसार उक्त केन्द्रकी सदस्य आशादेबि तेलिको असामायिक निधन भएकाले निज सदस्यको कर्जा मिनाहा गरी परिवारलाई क्रिया खर्च समेत प्रदान गरिएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

स्वं सदस्य तेलिले व्यवसायका लागि संस्थाबाट ३ लाख रुपैयाँ कर्जा लिएकी थिइन् । ३ लाख रुपैयाँमध्ये संस्थामा तिर्न बाँकी रहेको कर्जा २ लाख ८ हजार ३३७ रुपैयाँ मिनाहा गरिएको संस्थाले जनाएको छ ।  

साथै निज सदस्यले संस्थामा तिरिसकेको ९२ हजार रुपैयाँ कर्जा, किरिया खर्च बापत ३० हजार रुपैयाँ र स्वयं सदस्यले जम्मा गरेको बचत रकम १ लाख ४ हजार ४६९ रुपैयाँ सहित कर्जा बीमा बापतको ३ लाख गरी कुल ५ लाख १० हजार ७७९ रुपैयाँ बराबरको चेक निज सदस्यको छोरा सन्दीप कुमार गुप्तालाई हस्तान्तरण गरिएको छ ।  

बर्दघाट शाखा कार्यालय प्रमुख लोक बहादुर सोनीले निज सदस्यको हकवाला छोरा गुप्तालाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.