Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेशनल लाइफ ३७ औं वर्षमा प्रवेश,वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम आयोजना

Global IME Bank Limited
नेशनल लाइफ ३७ औं वर्षमा प्रवेश,वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम आयोजना
Nabil Bank Limited

 काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ३६ औं वर्ष पुरा गरी ३७ औं वर्षमा प्रवेश गरेको छ ।  

कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा कम्पनीका ५० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।  

यसका साथै देशभरमा ५३ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना सम्पन्न गरिएको कम्पनीले जनाएको छ । कम्पनीले अपाङ्गता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टिविहिन व्यक्तिहरुलाई सेतो छडि वितरण गरेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७८/०७९को मुनाफावाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस सेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरी सकेको छ । कम्पनीको जीवन बीमा कोषको आकार.७१ अर्ब हाराहरीमा छ । आर्थिक वर्ष २०७८/०७९ बोनस सेयर वितरण पछि कम्पनीको चुक्तापूँजी ५अर्ब १ करोड रुपैयाँ रहेको छ ।  

कम्पनीले बीमितहरुलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ । आव २०७८/०७९ को बीमाङ्कीय मूल्याङ्कनपश्चात बीमितलाई न्यूनतम प्रति हजार ६३ रुपैयाँ देखि अधिकतम प्रतिहजार ८५ रुपैयाँ सम्म प्रदान गरेको कम्पनीले उल्लेख गरेको छं ।

कम्पनीको ११७ शाखा कार्यालय र ५०० कर्मचारी रहेको कम्पनीमा १ लाखभन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् ।  

कम्पनीले स्थापनाकाल देखि २०८० सालपौष मसान्त सम्म कूल बीमाशुल्क आम्दानी रु.१०२ अरब ३० करोड आर्जन गरेको छ । कम्पनीले यो अवधिसम्म कुल ४५ लाख ५६ हजार बीमालेख जारी गरेको छ र कुल रु.३७ अरब ४९ करोडबराबर बीमा दावी भुक्तानी गरेको छ ।  


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.