Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा,यस्ता छन् मुख्य अजेण्डा

Global IME Bank Limited
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा,यस्ता छन् मुख्य अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रथम वार्षिक साधारण सभा डाकेको हो।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैठकले आगामी चैत २ गते शुक्रबारका दिन न्यूरोड पोखरामा रहेको प्रधान कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा कम्पनी ऐनमा रहेको ‘कम्पनीको प्रकृती अनुरुपको थप व्यवस्था’मा तथा कम्पनीको नियमावली दफा ४९ मा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा  नियमनकारी निकायबाट फेरबदल वा संसोधन गर्न निर्देशन भएमा सो बमोजिम कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ।  

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसका साथै आव २०७९/८० को लेखापरीक्षणको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ का लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको निर्वाचने गर्ने र स्वतन्त्र विज्ञ सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  


Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.