Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

एलआईसी नेपालले सार्वजनिक गर्‍यो नयाँ बोनसदर, अधिकतम ६६ रुपैयाँसम्म प्रदान गरिने

Global IME Bank Limited
एलआईसी नेपालले सार्वजनिक गर्‍यो नयाँ बोनसदर, अधिकतम ६६ रुपैयाँसम्म प्रदान गरिने
Nabil Bank Limited

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी) ले आर्थिक वर्ष २०७९/८० का लागि बीमितलाई प्रदान गरिने बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले मुनाफामा सरिक हुनेगरी यो अवधिका लागि प्रति हजार प्रति वर्षमा न्युनतम ४० रुपैयाँदेखि अधिकतम ६६ रुपैयाँसम्म बोनस दर कायम गरेको छ।   

कम्पनीले सावधिक,जीवन विद्या, जीवन साथी र जीवन श्री बीमालेख अन्तर्गत ५ देखि ९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, १० देखि १४ वर्षका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ र २५ देखि माथि अवधिका लागि ६१ रुपैयाँ बोनस दर प्रदान गर्ने भएको छ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जीवन आनन्द बीमा योजना अन्तर्गत कम्पनीले ५ देखि ९ वर्ष अवधिका लागि ५० रुपैयाँ, १० देखि १४ वर्षका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ रुपैयाँ र २५ देखि माथि अवधिका लागि ६० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । 

त्यस्तै बाल सावधिक बीमालेख अन्तर्गत १५ देखि १९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५५, २५ देखि २९ वर्षका लागि ६३ र ३० देखि माथि अवधिका लागि ६४ रुपैयाँ निर्धारण गरिएको छ ।  

कम्पनीले धन वृष्टि जीवन बीमालेख अन्तर्गत १० वर्षका लागि ५५ रुपैयाँ र १५ वर्षका लागि ५७ रुपैयाँ बोनस दर कायम गरेको छ।  

कम्पनीले धनफिर्ता जीवन बीमालेख अन्तर्गत १५ वर्ष बीमा अवधिका लागि ५६ रुपैयाँ, २० वर्षका लागि ५७ रुपैयाँ र २५ वर्षका लागि ६० रुपैयाँ बोनसदर प्रदान गर्ने भएको छ।  

बाल ममता जीवन बीमालेख अन्तर्गत १५ वर्ष बीमा अवधिका लागि ५५ रुपैयाँ, १६ देखि २० वर्षका लागि ५७ रुपैयाँ र २१ देखि माथि वर्षका लागि ६० रुपैयाँ बोनस दर निर्धारण गरेको छ।  

यस्तै कम्पनीले जीवन तरंग बीमालेख अन्तर्गत १० वर्ष बीमा अवधिका लागि ४० रुपैयाँ, १५ वर्षेका लागि ५१ रुपैयाँ र २० वर्षे अवधिका लागि ४५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।  

कम्पनीले न्यू जीसवन तरंग बीमालेख अन्तर्गत १० वर्ष बीमा अवधिका लागि ५० रुपैयाँ, १५ वर्षेका लागि ५१ रुपैयाँ र २० वर्षे अवधिका लागि ५५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।  

कम्पनीले जीवन बचत बीमा योजना अन्तर्गत ५ देखि ९ वर्ष अवधिका लागि ४५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ४८ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ र २५ देखि माथि वर्षका लागि ६६ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । 

यसैगरी जीवन लाभ बीमालेख अन्तर्गत १० वर्ष अवधिका लागि ५१ रुपैयाँ,१५ वर्षका लागि ५२ रुपैयाँ,२० वर्षका लागि ५३ रुपैयाँ र २५ वर्षका लागि ५५ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।  

कम्पनीले लघु सावधिक बीमालेख अन्तर्गत सबै अवधिका लागि ४१ रुपैयाँ बोनस तोकेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.