Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सिटिजन्स बैंकद्वारा सत्य साई वृद्धाश्रम भैरहवालाई सहयोग प्रदान

Global IME Bank Limited
सिटिजन्स बैंकद्वारा सत्य साई वृद्धाश्रम भैरहवालाई सहयोग प्रदान
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बसन्तपुर– ८ बालापुर, रुपन्देहीमा अवस्थित सत्य साई वृद्धाश्रमलाई सहयोग प्रदान गरेको छ ।

बैंकले उक्त वृद्धाश्रमलाई विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामाग्री र अन्य सामाग्रीहरु उपलब्ध गराएको जनाएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बृद्धाश्रममा आज आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले वृद्धाश्रममा आश्रित व्यक्तिहरुको जिविकोपार्जन तथा सहजिकरणको निमित्त उक्त सामाग्रीहरु संस्थालाई हस्तान्तरण गरि मानवसेवामा समर्पित हुन पाँउदा हर्षित भएको बताए ।  

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वाट जिल्लामा सेवा प्रदान गर्ने योजना बनाएको छ । 


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.