Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सन सेक्युरिटिजद्वारा ‘सन विथ कम्युनिटि’ कार्यक्रम सञ्चालन, एक दिने सेयर तालिम प्रदान

Global IME Bank Limited
सन सेक्युरिटिजद्वारा ‘सन विथ कम्युनिटि’ कार्यक्रम सञ्चालन, एक दिने सेयर तालिम प्रदान
Nabil Bank Limited

काठमाण्डौ । सन सेक्युरिटिज प्रालि कम्पनीले काठमाण्डौ महानगरपालिका वार्ड नं. ०१ सँगको सहकार्यमा ‘सनविथ कम्युनिटि’कार्यक्रमको शुरुवात गरेको छ ।  

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रमको सुरुवात गरेको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो कार्यक्रममा नक्सालमा काठमाण्डौ महानगरपालिका वडा नं. ०१ मा बसोबास गर्ने स्थानीय वासिन्दाहरुलाई समेटेर कार्यक्रमको थालनी गरिएको कम्पनीले जनाएको छ । कार्यक्रमअन्तर्गत सन सेक्युरिटिज प्रालिले वडा नं.०१ का स्थानीयवासिन्दाहरुलाई सेयर बजार तथा लगानी सम्बन्धी १ दिने तालिम तथा सचेतना प्रदान गरिएको छ ।  

दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालित कार्यक्रममा काठमाण्डौ महानगरपालिका वार्ड नं. ०१ का सचिव सर्वज्ञ राजपौडेलको प्रमुख आतिथ्य तथा सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । 

सनविथ कम्युनिटि कार्यक्रममा सेयर बजारको वर्तमान अवस्था, सेयरबजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, सेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको कम्पनीले उल्लेख गरेको छ । कार्यक्रममा करिब ६० जना स्थानीयहरुको सहभागिता रहेको थियो ।  

 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.