Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

ब्रिटेन–जापानमै मन्दी, धनी भनिएकासहित अन्य १८ देश पनि आर्थिक समस्यामा

Global IME Bank Limited
ब्रिटेन–जापानमै मन्दी, धनी भनिएकासहित अन्य १८ देश पनि आर्थिक समस्यामा
Nabil Bank Limited

काठमाण्डौ । विश्वभर नै फेरि एकपटक मन्दीको कालो बादल मडारिन थालेको छ । जापान र ब्रिटेनजस्ता बलिया अर्थतन्त्र समेत केही समयअघिदेखि मन्दीमा गएका छन् । जीडीपीमा गिरावट आएका कारण जापानको अर्थव्यवस्थामा निकै ठूलो नोक्सानी भएका समाचारहरु बाहिर आएका छन् । यहीकारण विश्वको तेश्रो बलियो अर्थतन्त्रको ताज समेत जापानले गुमाइसकेको छ ।  

यूके र जापान ठूला अर्थतन्त्र भएका कारण यहाँ चलिरहेको आर्थिक मन्दीको विश्वभर बढी चर्चा गरिएको छ । तर, विश्वका अन्य १८ देश पनि छन्, जहाँ मन्दीको खतरा बढ्न थालेको मिडिया रिपोर्टहरुमा उल्लेख छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विश्वका कयौं ठाउँहरुमा प्राविधिक मन्दीको बादल समेत मडारिरहेको छ । सिएनबीसी र इण्डिया टूडेमा छापिएको अलग अलग रिपोर्टअनुसार जापान र ब्रिटेन सेप्टेम्बर डिसेम्बर २०२३ को त्रैमासमा प्राविधिक रुपमा मन्दीमा गएका छन् । किनभने यी दुवै देशको जीडीपी लगातार दुईवटा त्रैमाससम्म गिरावटमा गएको छ ।  

चर्चामा रहेकाबाहेक बाँकी १८ देशमा समेत मन्दीको आतंक छ । तीमध्ये २ वटा देश त मन्दीमै फसिसकेको छ ।  

फिनल्याण्ड र आयरल्याण्ड समेत चौथो त्रैमाससम्ममा मन्दीको भूमरीमा परिसकेका थिए ।  

आँकडाअनुसार सेप्टेम्बरको त्रैमासमा जापानको जीडीपी ग्रोथमा ३.३ प्रतिशतको गिरावट आएको थियो । डिसेम्बरको अर्को त्रैमासमा ०.४ प्रतिशतको गिरावट दर्ज भयो ।  

यूकेको जीडीपी सेप्टेम्बरवाला त्रैमासमा ०.१ प्रतिशत र डिसेम्बरवाला त्रैमासमा ०.३ प्रतिशतले घट्न पुग्यो ।  

आयरल्याण्डको जीडीपी तेश्रो त्रैमासमा ०.७ प्रतिशत र चौथो त्रैमासमा १.९ प्रतिशतले घट्न पुगेको छ ।  

फिनल्याण्डको जीडीपी भने तेश्रोमा ०.४ र चौथो त्रैमासमा ०.९ प्रतिशतले घट्यो ।  

विश्वका कयौं देशहरुले अहिलेसम्म पनि चौथो त्रैमासको जीडीपी ग्रोथको नतिजा सार्वजनिक गरिसकेका छैनन् । जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमास अर्थात तेश्रो त्रैमाससम्म आफ्नो अर्थतन्त्रको नतिजा घोषित गर्ने देशहरुको सूचीमा १० यस्ता नाम थिए, जसले जीडीपीमा गिरावट भोगे । तिनै देशहरुमा मन्दीको आतंक सुरु भएको मिडिया रिपोर्टहरुमा दाबी गरिएको छ ।  

मन्दीमा पार्न थालेका देशहरुको सूचीमा डेनमार्क, लक्जमबर्ग, मोल्दोवा, एस्टोनिया, इक्वेडर, बहराइन, आइसल्याण्ड, दक्षिण अफ्रिका, क्यानडा र न्यूजिल्याण्ड रहेका छन् ।  

६ देशमा जीडीपीमा पहिलोपटक गिरावट

माथि उल्लेख गरिएबाहेकका केही देश(जसले चौथो त्रैमासको नतिजा सार्वजनिक गरिसकेका छन्)को जीडीपीमा गिरावट आएको सार्वजनिक भएको छ ।  

पहिलोपटक जीडीपीमा गिरावट आएको विषय सार्वजनिक गर्ने देशहरुमा मलेशिया, थाइल्याण्ड, रोमानिया, लिथुआनिया, जर्मनी र कोलम्बिया रहेका छन् । यीमध्ये सबैभन्दा ठूलो अर्थतन्त्र मानिएको जर्मनीको जीडीपी चौथो त्रैमासमा ०.३ प्रतिशतले घटेको छ ।  

नेपाललाई कस्तो प्रभाव पर्छ ?

नेपालको अवस्था पनि सन्तोषजनक छैन । तर सबैभन्दा बढी व्यापार हुने भारतको जीडीपी भने लगातार बढ्दो क्रममा छ । यसको प्रत्यक्ष र अप्रत्यक्ष लाभ नेपालले पाउनेछ । नेपालको तीनतिरको सीमा जोडिएको सबैभन्दा नजिकको छिमेकी पनि भारत नै हो । भारतीय मुद्रासँग नेपालको स्थिर बिनिमय दर छ । यसकारण भारतीय अर्थतन्त्र बलियो हुँदै जाँदा त्यसको लाभ नेपाललाई पनि हुनेछ ।  

तर, अर्कोतर्फको छिमेकी चीनको अर्थव्यवस्था भने यही बेला सकसमा छ । चीनसँग नेपालको भारतको तुलनामा निकै कम सम्बन्ध र व्यापार हुने भएकोले त्यहाँको अर्थतन्त्रमा आउने उतारचढावले भारतको जस्तो धेरै ठूलो असर पुर्याउँदैन ।  

(एजेन्सीहरुको सहयोगमा)


Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.