Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सन नेपाल लाइफसहित ४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एशियन र हिमालयन रि का सेयरधनीले सर्वाधिक गुमाए

Global IME Bank Limited
सन नेपाल लाइफसहित ४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एशियन र हिमालयन रि का सेयरधनीले सर्वाधिक गुमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २६.८१ अंकले घटेर १ हजार ९७९ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर किनबेच हुँदा आज ३ अर्ब ८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये वित्त समूह र उत्पादन तथा प्रशोधन समूह बाहेकका सबै उपसूचकहरु राताम्य छन् ।  

बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा उपसूचक ०.५३ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.५७ प्रतिशतले घटेको छ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सूचीकृत २६ बीमा कम्पनीहरुमध्ये आज ४ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । आज सर्वाधिक कमाउने अर्थात सेयरभाउ बढ्ने कम्पनीमा सन नेपाल लाइफ इन्स्योरेन्स छ । कम्पनीले आजै २३ प्रतिशत बोनस सेयर घोषणा गरेका कारण सेयरभाउ समेत ५.०४ प्रतिशतले बढेर ५९९.८० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, आइएमई लाइफको ०।९९ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.५६ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ०.४० प्रतिशतले सेयरभाउ बढेको छ ।  

साथै बीमा कम्पनीमा आज सर्वाधिक गुमाउने अर्थात सेयरभाउ घट्नेमा एशियन लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.८४ प्रतिशतले घटेर ५७८ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २.६३ प्रतिशतले घटेर ६०७ रुपैयाँ, सानिमा जिआइसीको २.०९ प्रतिशतले घटेर ४९६ रुपैयाँ, नेको इन्स्योरेन्सको १.८४ प्रतिशतले घटेर ७९५ रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको १.६७ प्रतिशतले घटेर ५०१ रुपैयाँ कायम भएको छ ।  

यसका साथै सुर्यज्योति लाइफको १.६५ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.४९ प्रतिशत, नेपाल लाइफको १.३२ प्रतिशत, हिमालयन एभरेष्टको १.२९ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.०६ प्रतिशत, रिलायबल नेपाल लाइफको १.०३ प्रतिशत, शिखरको ०.८६ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.७२ प्रतिशत, प्रभुको ०.६२ प्रतिशत, एलआइसी नेपालको ०.५६ प्रतिशत, नेपाल रि को ०.४१ प्रतिशत, नेशनल लाइफको ०.४० प्रतिशत, युनाइटेड अजोडको ०.३८ प्रतिशत, हिमालयन लाइफको ०.३४ प्रतिशत, एनएलजीको ०.२७ प्रतिशत र सिटिजन लाइफको ०.१४ प्रतिशतले सेयरभाउ घटेको छ ।  

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा तीन बीमा कम्पनी परेका छन् । सर्वाधिक सन नेपाल लाइफको २५ करोड १८ लाख रुपैयाँ र हिमालयन रि को ११ करोड १ लाख रुपैयाँ र नेपाल रि इन्स्योरेन्सको ५ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.