बुधबार, कार्तिक ७,२०८१ 08:01:21
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:21
IME remit
Global IME Bank Limited

एउटा सूचक औँल्याएर बैंक सकिएको भन्न मिल्दैनः डेपुटी गभर्नर बमबहादुर मिश्र

Hyundai Nepal
एउटा सूचक औँल्याएर बैंक सकिएको भन्न मिल्दैनः डेपुटी गभर्नर बमबहादुर मिश्र
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको कुनै एक सूचक सामान्य कमजोेर हुँदा बैंक सकिने कुरा गर्न नमिल्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नबिल बैंकसँगको सहकार्यमा बनेपास्थित आगन्तुक रिसोर्टमा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले कुनै पनि बैंकको एउटा कमजोर सूचक औँल्याएर संस्था नै सकिएको भन्न नमिल्ने बताएका हुन्।

‘बैंक तथा वित्तीय संस्था विश्वासको आधारमा चल्छन्। त्यसैले यो क्षेत्रलाई सवेदशील मानिन्छ’, उनले भने, ‘बैंकहरुले निक्षेपकर्ताको करिब ६२ खर्बको निक्षेप बोकेर बसेका छन्। यति धेरै दायित्व रहेका संस्थाको एक सूचकको गिरावटलाई हेरर त्यो सकियो भन्न हुँदैन।’

कसैले पनि एक सूचक देखाएर संस्था सकियो भन्दा त्यसको असर धेरै ठाउँमा देखिने बताए।

त्यसकारण यस्ता सवेदनशील क्षेत्रको बारेमा कुनै समाचार प्रवाह गर्दा निक्षेपकर्ताको विश्वासलाई ख्याल गर्नुपर्ने उनको भनाइ छ।

पछिल्लो समय कुनै बैंकको एक एउटा सूचकलाई हेरेर संस्था नै डुब्न लागेको भन्ने सूचना सम्प्रेषण हुँदा त्यसको खण्डन गर्न केन्द्रीय बैंकले विज्ञप्ति नै जारी गर्नुपरेको उनले बताए।

अहिले बैंकिङ प्रणालीमा लगानी योग्य रकम ९तरलता० सहज अवस्थामा रहेको मिश्रले बताए।

‘अहिले बैंकहरु तरलताको सहज अवस्थामा छन्। तरलतालाई हेर्दा बैंकहरु सहज अवस्थामा हुँदा बैंकहरुको एउटा सूचकमा केही समस्या हुँदैमा त्यसलाई मात्रै हेरेर त्यो सकियो भन्न मिल्दैन’, उनले भने, ‘त्यसैले यस्तो संवेदनशील क्षेत्रको बारेमा सूचना सम्प्रेषण गर्दा ध्यान दिनुपर्छ।’

Bizshala
Shivam Cement
CG Motors

पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलताका कारण सबै क्षेत्रको मनोबल घटेको छ। ब्याजदर घट्दो अवस्थामा हुँदा विस्तारै कन्फिडेन्स बढाउनुपर्ने देखिन्छ।

केन्द्रीय बैंकले कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्थाले यस क्षेत्रमा जाने कर्जा बढ्ने र कन्फिडेन्ट बढ्ने उनले बताए।

बढ्दो रेमिट्यान्स र आयात घट्दा अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको सुधारसँगै विदेशी विनिमय सञ्चिति बढेको हुँदा आत्तिनुपर्ने अवस्था नरहेको मिश्रले बताए।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैकिङ क्षेत्रमा देखिएको समस्या क्षणिक रहेको बताएका छन।

उनले परिस्थितिका कारण बैंकिङ क्षेत्रमा केही असर पर्दा खराब कर्जा बढ्ने र नाफा खुम्चिने अवस्था बनेको बताए।

अवस्था सधैँ एकनासको नरहने र अर्थतन्त्रमा देखिएका समस्यामा सुधार हुँदै जादा बैंकिङ सेक्टर पनि राम्रो बन्ने ढुंगानाले बताए ।

‘अर्थतन्त्रमा देखिएको समस्याको बारेमा नेपाल सरकार र अर्थमन्त्रालय जानकार छन्’, उनले भने, ‘आगामी समयमा अर्थतन्त्रमा देखिएका समस्याको सम्बोधन गर्ने, निर्माण व्यवसायको पेमेन्ट समयममा निकासा गरिदिने र आगामी मौद्रिक नीतिमा केही सहुलियतपूर्ण प्रावधानको व्यवस्थाले अर्थतन्त्र उकासिने विश्वास छ।’

अर्थतन्त्रमा देखिएको समस्याको प्रभाव बैंकिङ क्षेत्रमा देखिँदा आगामी समयमा बैंकहरुले ७÷८ प्रतिशत बढी लाभांश दिनसक्ने अवस्था नरहेको उनको भनाइ छ।

‘हिजोका दिनमा बैंकहरुले यति अर्ब नाफा कमायो भन्ने कुराको मात्रै चर्चा हुन्थ्यो। आजको परिस्थितिले भोलिका दिनमा फलानो बैंकको वितरणयोग्य मुनाफा यति नेगेटिभ भन्ने कुराको चर्चा होला,’ उनले भने, ‘नाफा जहिले पनि सापेक्षिक रुपमा हेरिनुपर्छ। रिटर्न अन इक्वीटी कति छ। लाभांश कति दिन सक्छ भन्ने कुरा हेर्नुपर्छ।’

रिटर्न अन इक्विटी घट्दै जाँदा वास्तविक लगानीकर्ताले पाउने रिटर्न कम हुँदै गएको ढुंगानाले बताए।

साथै, पछिल्लो समय कर्जा रिकोभरीमा समस्याले बैंकहरुको एनपीएल बढेको बताए। तर, कुनै समयमा यस्तो एनपीएल नेगेटिभ हुने गरेको उनको भनाइ छ।

आगामी ६ महिनामा एनपीएल ह्वात्तै घट्ने अवस्था नदेखिएको उनले बताए।  

‘अहिले ऋणीले ऋण तिर्न सक्ने अवस्था कम छ। कसैले कर्जा तिरे पनि नेपाल राष्ट्र बैंकको निर्देशनका कारण त्यसलाई पुनः वर्गीकरण गरी असल कर्जामा राख्न ६ महिना कुर्नुपर्छ,’ उनले भने, ‘केन्द्रीय बैंकको व्यवस्थाले यो वर्षको अन्तमा यो फिगर ठूलो देखिएर एनपीएल कम हुने अवस्था छैन।’            

परिस्थिति आउने र जाने हुँदा अहिलेको समस्या चाँडै समाधान हुने अपेक्षा गरेको ढुंगानाले बताए।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit

यो पनि हेर्नुहोस

Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.