Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

धितोपत्र बोर्डबाट सर्वोत्तम सिमेन्टको आईपीओ स्वीकृत, स्थानीय र वैदेशिक रोजगारपछि सर्वसाधारणमा निष्कासन हुने

Global IME Bank Limited
धितोपत्र बोर्डबाट सर्वोत्तम सिमेन्टको आईपीओ स्वीकृत, स्थानीय र वैदेशिक रोजगारपछि सर्वसाधारणमा निष्कासन हुने
Nabil Bank Limited

काठमाण्डौ ।नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ।

बोर्डले योग्य संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गरेपछि दोस्रो चरणमा उद्योग प्रभावित स्थानीय र अन्य सर्वसाधारणमा आईपीओ बिक्री गर्न स्वीकृति दिएको हो ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघि कम्पनीले गत मंसिर १८ गतेनै धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि अनुमति माग्दै निवदेन दिएको थियो ।बोर्डले कम्पनीलाई प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले ३६ लाख कित्ता आईपीओ बिक्री अनुमति दिएको हो  । 

अब उक्त रुपैयाँका दरले कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको ३६ लाख किता आईपीओ निष्कासन गर्नेछ ।  

सुरुवाती समयमा बुक विल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्ताले बोलकबोलमार्फत् सेयर पाएको भएता पनि त्यसपछिको प्रक्रिया भने नियमित सेयर निष्कासन झै नै हुने छ । अब कम्पनीले सबैभन्दा पहिला स्थानीय र वैदेशकि रोजगारमा रहेकालाई सेयर निष्कासन गर्ने छ। त्यसपछि मात्र कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नेछ ।

अरू कम्पनीको प्राथममिक सेयरमा १० कित्ता आवेदन दिन सकिने भएता पनि कम्पनीको आईपीओमा भने ५० कित्ताभन्दा कम आवेदन दिन पाइने छैन। जसले गर्दा ५० कित्ताका लागि आवेदन दिन पनि १८ हजार ४५ रुपैयाँ जोहो गर्नुपर्दछ ।

बुक विल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्तामा निर्धारण भएको कटअफ मूल्यमा १० प्रतिशत मूल्य घटाएर सर्वसाधारणमा आईपीओ निष्कासन हुने धितोपत्र बोर्डले बताएको  छ ।सोही व्यवस्थाबमोजिम कम्पनीले सर्वसाधारणमा आईपीओ बिक्री गर्न लागेको हो ।

नेपालमा पहिलो पटक बुक विल्डिङ प्रक्रियाबाट  कम्पनीले आईपीओ बिक्री गरेको हो ।धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.