Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

युनाइटेड मोदी हाईड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने,साधारण सभा आह्वान

Global IME Bank Limited
युनाइटेड मोदी हाईड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने,साधारण सभा आह्वान
Nabil Bank Limited

काठमाण्डौ । युनाइटेड मोदी हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको १ः१ अनुपात(शतप्रतिशत)मा १ करोड २३ लाख ५ हजार कित्ता हकप्रद जारी गर्न लागेको हो ।  

कम्पनीले गत हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगबाट गत माघ २२ गते अनुमति पाएको थियो । कम्पनीले साधारण सभाबाट पारित गरी यो हकप्रद निष्कासन गर्ने तयारी गरेको छ ।  

कम्पनीको सेयर लगानी रहेको युनाइटेड मेवाखोला हाईड्रोपावरद्वारा प्रवद्धित ५० मेगावाटको मेवाखोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि कम्पनीले हकप्रद निष्कासन गर्न लागेको हो ।      

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका लागि कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत २९ गतेका लागि कम्पनीको  १० औं वार्षिक साधारण सभा डाकेको छ । उक्त सभामा कम्पनीको हकप्रद निष्कासनको विशेष प्रस्ताव पारित गरिनुका साथै हकप्रद निष्कासनका लागि कम्पनीको अधिकृत पूँजी र जारी पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सो अवधकिो वित्तीय विवरणहरु पारित गरी चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभामा ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव र अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नुपरेमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिनेछ ।  

कम्पनीले साधार्ण सभा प्रयोजनका लागि आगामी चैत ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.