सोमबार, जेष्ठ ४,२०८३ 01:07:00
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 01:07:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

'सरकार, दल, प्रशासन र निजी क्षेत्र एउटै डुङ्गाका यात्री'

Laxmi Sunrise Bank Limited
'सरकार, दल, प्रशासन र निजी क्षेत्र एउटै डुङ्गाका यात्री'
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र एउटै डुङ्गाका यात्री भएका उल्लेख गर्दै अर्थतन्त्र सुधारका लागि सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका छन् ।  

संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार आयोजना गरेको “संङ्घीय संरचनामा लगानी प्रवद्र्धनः सम्भावना, चुनौती र निजी क्षेत्रको अपेक्षा” विषयको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा लगानीको पर्याप्त सम्भावना भए पनि सोहीअनुरुपको समग्र वातावरण नहँुदा राज्यले प्रतिफल पाउन नसकेको दाबी गरे । 

Bizshala
New Office
CG Motors

उनले देश विकासका लागि लगानी प्रवद्र्धन आवश्यक रहेको र यसका लागि सबै राजनीतिक दल, प्रशासन संयन्त्र र निजी क्षेत्र उत्तिकै जिम्मेवार हुनुपर्ने धारणा राखे ।

“सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र एउटै डुङ्गाका यात्री हौं । डुङ्गामा क्षति पुग्दा एउटा पक्ष सुरक्षित र अर्को असुरक्षित भन्ने हुँदैन् । यसकारण देशको अर्थतन्त्र बलियो बनाउन हामी सबै उत्तिकै जिम्मेवार छौं र हुनुपर्दछ ।”-उनले थपे।

उनले २०७२ सालको संविधानले नेपाललाई एकात्मक प्रणालीबाट संघात्मक पद्दतिमा रुपान्तरित गरी शासन संचालनको स्वायत्तता, सहभागिता र जवाफदेहीताको परिकल्पना गरे पनि तीनै तहका सरकारहरु सोहीअनुरुप चल्न नसकेको बताए ।  

Garima Development Bank
Shivam Cement
IME remit

अध्यक्ष ढकालले लगानी प्रवद्र्धनका लागि राजनीतिक एवम् नीतिगत अस्थिरता, संघीय सरकारका तहहरूबीचको अन्तरसम्बन्ध र समन्वयको अभाव, निजी क्षेत्र प्रोत्साहन गर्ने कार्यक्रमको कमी, विकास आयोजनामा अवरोध मुख्य चुनौती रहेको बताए ।  

लगानी प्रवद्र्धनका लागि प्रशासनिक सरलता र पारदर्शिता र सबै तहबाट लगानीको सुरक्षाको ग्यारेन्टी आवश्यक भएको बताउँदै उनले सरकार वा निजी क्षेत्रबाट प्रवद्र्धित पूर्वाधार एवं विकास परियोजना निर्वाध रुपमा संचालन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।  

यस्तै उहाँले तीनै तहका सरकार राजस्व केन्द्रितहुनु, व्यवसायदर्ता नविकरणएवं अन्य सेवाप्रवाहचुस्तनहुनु औद्योेगिकव्यवसाय ऐनमाएकरुपतानहुने जस्ता समस्याले गर्दा अपेक्षाअनुरुपलगानी र व्यवसायप्रवद्र्धन हुननसकेको धारणा राख्नु भयो ।  

अध्यक्ष ढकालले लगानीमैत्री वातावरणका लागि निजी क्षेत्रलाई प्रोत्साहन, लगानी आकर्षित गर्न प्रतिस्पर्धा, व्यवसाय दर्ता नविकरण एवम् राजश्व बुझाउन डिजिटल माध्यमको प्रयोग, नागरिक एपमा व्यवसाय सम्बन्धी आइकन थपी सम्पूर्ण सुविधा दिनुपर्ने बताए ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.