प्रभु बैंकको सीइओमा पुनः शेरचन

Nabil Bank Limited
प्रभु बैंकको सीइओमा पुनः शेरचन
Global IME Bank Limited

काठमाण्डौ । समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाहरुलाई गाभेर बलियो बैंक बनाई उदाहरणीय काम गरेका अशोक शेरचनलाई प्रभू बैंकले प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिएको छ । 

सेञ्चुरी कमर्सियल बैंकलाई मर्ज गरी केही दिनअघिदेखि एकीकृत कारोबार सुरु गरेको ठूलो साइजको प्रभू बैंकको सीइओमा शेरचनले नै निरन्तरता पाएका हुन् । 

 

उनी यसअघि पनि दुई कार्यकाल सीईओ भइसकेका छन् । 

बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाका अनुसार बिहीबार बसेको सञ्चालक समिति बैठकले शेरचनलाई सीईओमा निरन्तरता दिने निर्णय गरेको बताए । 

शेरचनको कार्यकाल ४ वर्षको हुनेछ । यसअघि उनी ०७५ माघमा सीईओ नियुक्त भएका थिए ।

सेञ्चुरी बैंकसँग मर्जरको सम्झौता गर्दा भएको सहमतिअनुसार नै शेरचनलाई पुनः सीइओमा नियुक्त गरिएको सिटौलाले जानकारी दिए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shivam Cement

Nepal Investment Mega Bank Limited
CG Motors
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.