Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेपालका कुनै पनि बैंक डूब्दैनन्, राष्ट्रबैंकले कसैलाई डूब्न दिंदैन: गभर्नर

Global IME Bank Limited
नेपालका कुनै पनि बैंक डूब्दैनन्, राष्ट्रबैंकले कसैलाई डूब्न दिंदैन: गभर्नर
Nabil Bank Limited

काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारीले देशका कुनै पनि बैंक तथा वित्तीय संस्था जोखिममा नरहेका र राष्ट्र बैंकले कुनै पनि संस्थालाई फेल हुन नदिने बताएका छन् ।  

नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले सोमबार काठमाण्डौमा आयोजना गरेको एक समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘बचतकर्तालाई सुरक्षित गरिने हामीसँग मेकानिजम छ । राष्ट्र बैंकबाट रेगुलेटेड कुनै पनि संस्था डुब्दैनन ।’ उनले भने ।  

उनले एनआईसी एशियालाई अप्ठ्यारो परेको बेला केही बैंकहरु नै नियोजित ढंगले लागेका भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।  

'केही बैंकहरु नै एउटा बैंकलाई समस्या पर्दा खुशी देखिए । उनीहरुले अरुलाई खाने बाघले हामीलाई पनि खान्छ भन्ने कुरा बिर्सिए ।' गभर्नर अधिकारीले भने-'एउटा बैंक डूब्नु भनेको एउटा संस्था मात्र डूब्नु होइन, अर्थतन्त्रमै समस्या आउनु हो । त्यसले कुनै बैंकलाई बाँकी राख्दैन । विरुद्धमा लाग्नेहरुको चुल्होसम्म प्रभावित हुनु हो । यो कुरा सबैले बुझ्न आवश्यक छ ।' 

अर्को एक प्रसंगमा उनले एनआईसी एशिया बैंकबाट पछिल्लो समय दुष्प्रचार गरी निक्षेप झिकिए पनि आफूहरुले लिएको कर्जा निक्षेप अनुपातसम्बन्धी सही व्यवस्थाका कारण बैंकलाई धेरै अप्ठ्यारो नपरेको समेत जिकिर गरे । केही अर्ब डिपोजिट निकालिदा पनि एनआईशी एशियालाई खासै फरक नपरेको उल्लेख गर्दै उनले भने,‘हामीले लिएको कर्जा निक्षेप अनु्पात सम्बन्धी व्यवस्थाका कारण पनि बैंकलाई समस्या नपरेको हो । यस्तो अनुपात हाल ९० प्रतिशत छ । केहीले ९५ प्रतिशत गर्न भन्दै अभियान चलाए । केहीले हामीले लिएको नीतिविरुद्ध लेखे, लेख्न लगाए । तर आज त्यो व्यवस्था ठीक थियो भन्ने कुरा फेरि पनि प्रमाणित भएको छ । 


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.