Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

वान प्वाइन्ट र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय डिजिटल भुक्तानी सहज बनाउने सम्झौता

Global IME Bank Limited
वान प्वाइन्ट र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय डिजिटल भुक्तानी सहज बनाउने सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । बैक तथा वित्तीय संस्थालाई एपीआई म्यानेजमेन्ट सिस्टम(एपीआईएमएस उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच क्रस बोर्डर (अन्तरदेशीय) डिजिटल भुक्तानी सहज बनाउने समझदारी भएको छ।

समझदारी पत्रमा वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रताप श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार नेपाल क्लियरिङ हाउसमार्फत हुने क्रस बोर्डर भुक्तानीप्रणाली सञ्चालन गर्न वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस कार्यान्वयन साझेदार हुनेछ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका लागि वानप्वाइन्टले भारतको नेसनल पेमेन्ट कर्पोरेसन(एनपीसीआई)को स्ट्यान्डर्डअनुसार विकास गरेको भर्चुअल पेमेन्टएड्रेस(भीपीएमो ड्युलनेपालका बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गर्नेछ। यसबाट एनसीएचएलमार्फत हुने भारतसँगको क्रस बोर्डर भुक्तानी प्रणाली कार्यान्वयनमा आउनेछ।

भारतसँगको कर्सबोर्डर भुक्तानीका लागि भारतको नेसनल पेमेन्ट कर्पोरेसनसँग नेपाल क्लियरिङ हाउसले नेपालका बैंक तथा वित्तीय संस्थाको स्विचको रुपमा काम गर्छ।

बैंक वित्तीय संस्थाको डिजिटल भुक्तानी पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वानप्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लाटफर्म उपलब्ध गराउँदै आएको छ।

हालसम्म १३ वटा वाणिज्य बैंक सहित कुल १८ वटा बैंक तथा वित्तीय संस्थालाई वानप्वाइन्टले डिजिटल प्रणाली उपलब्ध गराउँदै आएको छ।

वाणिज्य बैंकहरु ग्लोबल आईएमई बैंक, नाविल बैंक, एभरेस्ट बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक,  एनएमबी बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले वानप्वाइन्टले विकास गरेका विभिन्न डिजिटल भुक्तानी प्रणाली र च्यानलहरु प्रयोगमा ल्याइरहेका छन्।

त्यस्तै आईएमई रेमिट, जीएमई रेमिट, थैली, छिटो पैसा लगायतले पनि वानप्वाइन्टको डिजिटल प्लेटफर्म प्रयोगमा ल्याएका छन्।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.