शनिबार, असार ७,२०८२ 06:51:56
  • शनिबार, असार ७,२०८२ 06:51:56
Global IME Bank Limited

एचडीएलको सेयरभाउ ५२ साताकै न्यून विन्दुमा, आरएसआई र मनी फ्लो इन्डेक्स ओभर सोल्ड जोनमा

Hyundai Nepal
एचडीएलको सेयरभाउ ५२ साताकै न्यून विन्दुमा, आरएसआई र मनी फ्लो इन्डेक्स ओभर सोल्ड जोनमा
Nabil Bank Limited

काठमाण्डौ । वीरगञ्जमा मुख्य कार्यालय रहेको हिमालयन डिस्टिलरी नेप्सेमा सूचीकृत एकमात्रै रक्सी उत्पादन गर्ने कम्पनी हो । यो कम्पनी नेप्सेमा उत्पादन तथा प्रसोधन समूहमा राखिएको छ ।  सन् १९८५ को जुलाई २४ मा प्राइभेट कम्पनीका रुपमा स्थापित यो कम्पनी ११ मार्च २००० मा पब्लिक कम्पनीमा परिणत भएको थियो ।  

कम्पनीमा संस्थापक समूहको ५८ प्रतिशत र सर्वसाधरण समूहको ४२ प्रतिशत सेयर स्वामित्व रहेको छ।  

आधारभूत पक्षः

यस आर्थिक बर्षको दोस्रो त्रैमासिक प्रतिबेदन अनुसार कम्पनीको चुक्तापूँजी २ अर्व ६७ करोड पुगेको छ । कम्पनीको जगेडा कोषमा ४८ करोड १५ लाख रुपैयाँ रहेको छ । यो सँगै कम्पनीको कुल पँजी ३ अर्व १५  करोड रुपैयाँ रहेको छ । 

दोस्रो त्रैमाससम्म आँउदा कम्पनीको खूद मूनाफा १ अर्ब ६३ करोड ६५ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा ४४ प्रतिशतले कम हो । कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १२.२५ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको ईपीएस ४९ प्रतिशतले घटेको छ । कम्पनीको बुक भ्यालु ११८.०२ रुपैयाँ रहेको छ ।

 रिर्टन अन इक्विटी १०.३८ प्रतिशत रहेको छ । यो गत आवको दोस्रो त्रैमासको तुलनामा ४७.३३ प्रतिशत कम हो । कम्पनीको १० बर्षको औषत लाभाशंदर ४४.५ प्रतिशत रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः

फिएर  एण्ड ग्रिड मिटरको आधारमा  

फिएर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी हाल स्ट्रङ वियरिस सेन्टिमेन्टमा चलेको छ । जसको अर्थ कम्पनीको सेयरमा लगानीकर्ता अधिक डराएका छन् भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य २ हजार ४३८ रुैपैयाँ रहेको छ भने न्यून मूल्य १ हजार ४५० रुपैयाँ रहेको छ । कम्पनीको अन्तिम कारोबार मूल्य पनि १ हजार ४५० रुपैयाँ नै रहेको छ ।  

बोलिङगर ब्याण्ड, म्याक्डी र आरएसआई  

बोलिङगर ब्याण्डका आधारमा यो कम्पनीलाई नियाल्दा हाल केही समय पहिले अपर ब्याण्डमा शुटिङ स्टार बनाएर खसेको यो कम्पनीको सेयर भाउ हाल तल्लो ब्याण्डमा चलेको छ । आज तल्लो  ब्याण्डमा डोजि स्टार क्याण्डल  बनाएको छ । यसले कम्पनीको सेयर मूल्यमा घट्न रोकिएको मान्न सकिन्छ । 

म्याक्डीमार्फत हेर्दा केही समय पहिले बनेको वियरिस क्रस ओभर हालसम्म पनि भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम फिक्का र छोटा हुँँदै गएका छन् । आरएसआई ओभर सोल्ड जोन २२ को तहमा पुगेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयर भाउ घट्ने क्रम रोकिदै गएको देखिन्छ । यदि आगामी कारोबारमा १ हजार ५०० रुपैयाँभन्दा माथि लागेमा कम्पनीको सेयरभाउले पुनः उकालो यात्रा तय गर्न सक्छ ।  

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी भविष्यमा हुने मूल्यको उतारचढाव निकाल्न प्रयोग गरिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –१९५०

प्रतिरोध २ –१९००

प्रतिरोध १– १७५०

पिभट प्वइन्टः १७००

घटेमा सपोर्ट  

सपोर्ट १– १६००

सपोर्ट २– १५००

प्रतिरोध ३ –१४००

निष्कर्षः आधारभूत पक्षबाट नियाल्दा पछिल्लो समय यो कम्पनीको वित्तीय सूचक केही खस्केको देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी ,रिर्टन अन इक्विटी , खूद मूनाफामा कमी आएको छ । जगेडा कोष पनि घटेको छ । कम्पनीको पूँजी बढ्दै जाँदा रिर्टन अन इक्विटी घट्नुलाई खासै राम्रो मान्न सकिदैन । 

यो कम्पनीको सेयर भाउ यस बर्षको उच्च मूल्य २ हजार ४३८ रुपैयाँबाट घटेर  १ हजार ४५० रुपैयाँमा झरेको छ । जुन ५२ साताकै न्यून हो । प्राविधिक रुपमा यो कम्पनीको सेयर भाउलाई बोलिङगर ब्याण्डमार्फत हेर्दा तल्लो ब्याण्डमा चलेको छ । 

त्यसैगरि आरएसआई र मनी फ्लो इन्डेक्सबाट हेर्दा कम्पनीको सेयर भाउ ओभर सोल्ड जोनमा चलेको छ । यो भनेको कुनै पनि समयमा कम्पनीको सेयर भाउले युटर्न लिन पनि सक्छ भन्ने हो । यद्यपी त्यसको लागि कम्पनीको सेयर मूल्य १ हजार ५०० भन्दा माथि भोल्युमसहित कारोबार हुनुपर्ने देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.