Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

बिटक्वाइनको मूल्य २ वर्षपछि ५७ हजार डलर पुग्यो, यस वर्ष ३०% ले बढीसक्यो मूल्य

Global IME Bank Limited
बिटक्वाइनको मूल्य २ वर्षपछि ५७ हजार डलर पुग्यो, यस वर्ष ३०% ले बढीसक्यो मूल्य
Nabil Bank Limited

काठमाण्डौ । क्रिप्टोकरेन्सीे बिटक्वाइनको मूल्य २ वर्षको अन्तरालमा पहिलोपटक ५७ हजार डलर पुगेको छ । यसअघि बिटक्वाइनको मूल्यले सन् २०२१ मा ६९ हजार डलरको आँकडा पार गरेको थियो ।  

मंगलबार बिहान बिटक्वाइनको सेयरमूल्यमा वृद्धि भएको थियो र यसको मूल्य ५७ हजार ३९ डलर पुगेको थियो । तथापी केहि समयपछि यसको मूल्यमा केहि गिरावट आएको थियो ।  

यो वर्ष बिटक्वाइनको मूल्य ३० प्रतिशतले वृद्धि भईसकेको छ । एक वर्षको अवधिमा भने बिटक्वाइनको मूल्य १३७.१९ प्रतिशतले वृद्धि भएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सोमबार अमेरिकामा क्रिप्टोसँग सम्बन्धीत कम्पनीहरुको सेयरमूल्यमा तीव्रता आएको थियो ।  

गत जनवरी ११ मा कारोबारको क्रममा बिटक्वाइन एक्सचेञ्ज ट्रेडेड फण्ड(ईटीएफ)मा करीब ५.६ अर्ब डलरको लगानी भएको थियो ।  

क्रिप्टो करेन्सी अनलाइन भुक्तानीको साधन हो । यसको प्रयोग वस्तु तथा सेवाको भुक्तानी गर्नका लागि गर्ने गरिन्छ । क्रिप्टो करेन्सी नेटवर्कमा आधारित करेन्सी हो । यसलाई कम्पनी वा अन्य जो कोहि व्यक्तिले टोकनका रुपमा जारी गर्न सक्छन् । यी टोकनहरुको प्रयोग जारी गर्ने कम्पनीहरुको वस्तु तथा सेवा खरिद गर्नका लागि हुने गर्छ ।  

यसलाई कुनै देशको मुद्राको जस्तै नियन्त्रण गर्न भने सकिदैन । यसको सम्पूर्ण सञ्चालन अनलाइन हुने गर्छ । जसका कारण यसमा उचारचढाव आईरहन्छ । विश्वको सबैभन्दा पहिलो क्रिप्टोकरेन्सी बिटक्वाइनलाई ओपन सोर्स सफ्टवेयरको रुपमा रिलिज गरिएको थियो । यसलाई बनाउने समूहलाई सातोशी नाकामोतोको नामबाट चिनिने गरिन्छ ।    


Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.