Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

प्रभू बैंकका बहालवाला डेपुटी सीइओसहित बैंकर किन पक्राउ परे ? को को पक्राउ परे ?

Global IME Bank Limited
प्रभू बैंकका बहालवाला डेपुटी सीइओसहित बैंकर किन पक्राउ परे ? को को पक्राउ परे ?
Nabil Bank Limited

काठमाण्डौ । देशको बैंकिङ क्षेत्रका बारेमा भईरहेको विभिन्न टिकाटिप्पणीका बीच आज प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र तत्कालिन सेञ्चुरी कमर्सियल बैंकका पूर्व सीईओ तुलसीराम गौतमसहित १० जनालाई पक्राउ परेका छन् । मनोज न्यौपाने पनि तत्कालिन सेञ्चुरी बैंकको सीईओ रहिसकेका व्यक्ति हुन् । सेञ्चुरी बैंक अहिले प्रभु बैंकमा गाभिएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनीहर्रु तत्कालिन सेञ्चुरी कमर्सियल बैंकबाट कर्जा प्रवाह गर्दा चलखेल गरेको आरोपमा पक्राउ परेका हुन् । तत्कालिन सेञ्चुरी कमर्सियल बैंकबाट देउराली सहकारीका सञ्चालक रविन्द्र चौलागाईको कम्पनीहरुलाई २ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह गरिएको थियो । रविन्द्र चौलागाई जमानीकर्ता रहेको कर्जा पूजा मार्केटिङ प्रालिको नाममा प्रवाह गरिएको थियो । 

यसका साथै पूजा टे«डिङ एण्ड मार्केटिङ,श्री थ्री ब्रदर्श प्रालि,अन्नपूर्ण डिस्टीलरी,को नाममा समेत कर्जा प्रदान गरिएको थियो । यी कम्पनीहरुको सञ्चालक रविन्द्र चौलागाई र उनकी श्रीमति हुन् । बैंकले कम्पनीहरुको नाममा रहेको जग्गा र मौज्जाद र केहि गाडी धितो राखि ऋण दिएको पाइएको छ । त्यसबेला कम धितो लिई कर्जा प्रवाह गरिएको आरोपमा न्यौपाने र गौतमका साथै बैंकका अन्य कर्मचारी समेत पक्राउ परेका हुन् ।  

पक्राउ पर्नेमा दीलिप बराल,दिपेश प्रधान,रमण श्रेष्ठ,राजेश भण्डारी,सबिन श्रेष्ठ,सुनिल बस्नेत,सन्ध्या श्रेष्ठ,सुभाष श्रेष्ठ र अन्पमा श्रेष्ठ रहेका छन् । पक्राउ पर्नेहरुमध्ये मनोज दिलीप,दीपेश,राजेश र रमणबाहेक अन्य सबैले अवकाश लिईसकेका छन् ।  

यो घटनाले बैंकिङ क्षेत्रको बेथिती उदांगिएको छ । यसले बैंकका प्रभावशाली पदमा रहेका व्यक्तिले कसरी नाजायज फाइदा उठाएर कर्जा प्रवाह गर्ने गर्छन् भन्ने छताछुल्ल भएको छ । बैंक तथा वित्तीय क्षेत्र खराब कर्जासँग जुधिरहेका बेला यस्ता घटना सार्वजनिक हुनुले थप आशंका उब्जाएको छ ।   


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.