काठमाण्डौ । धितोपत्र बोर्डले १ अर्ब रुपैयाँ बराबरको कुमारी सवल योजना नामको म्युचुअल फण्ड स्किमलाई युनिट निश्कासनका लागि अनुमति दिएको छ ।
बोर्डले पुस १ गते कुमारी क्यापिटलले प्रस्ताव गरेको कुमारी सवल योजना नामक म्युचुअल फण्डका इकाई बिक्री गर्ने अनुमति दिएको हो ।
यो बन्दमुखी स्किमले १० रुपैयाँ प्रति युनिटका दरले १० करोड युनिट निश्कासन गर्नेछ ।
यो फण्डको स्पोन्सर कुमारी बैंक हो भने व्यवस्थापक कुमारी क्यापिटल ।
यसअघिदेखि नै कुमारी क्यापिटलले कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजना नामका दुईवटा बन्दमुखी स्किम सञ्चालन गर्दै आएको छ । कुमारी सुनौलो लगानी योजना नामको खुल्लामुखी फण्ड समेत कम्पनीले ल्याइसकेको छ ।
दोश्रो बजारको विषयमा लगानी गर्नका लागि पर्याप्त ज्ञान नभएकाहरुका लागि म्युचुअल फण्डका स्किम लगानीका राम्रा विकल्प हुन् ।
यस्ता स्किमहरुले विज्ञ तथा विश्लेषकहरुको सुझावका आधारमा विभिन्न कम्पनी तथा लगानी उपकरणहरुमा लगानी गर्ने हुनाले दोश्रो बजारमा जस्तो सर्वसाधारण डूब्ने जोखिम न्यून हुन्छ ।
योजना व्यवस्थापकले सर्वसाधारणबाट सानो सानो रकम जुटाएर एकमुष्ट रुपमा विभिन्न विकल्पमा लगानी गरी वार्षिक रुपमा प्रतिफल दिने गर्छन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .png) 
                                        (236).jpg) 
                                        .jpg) 
                                        (1)(2)(3).png) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                