Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

ब्रिटिस काउन्सिलद्वारा ७ औं एजुकेसन सिम्पोसियम आयोजना

Global IME Bank Limited
ब्रिटिस काउन्सिलद्वारा ७ औं एजुकेसन सिम्पोसियम आयोजना
Nabil Bank Limited

काठमाण्डौ । ब्रिटिस काउन्सिल नेपालले ७ औं एजुकेसन सिम्पोसियमको आयोजना गरेको छ । सोमबार काठमाण्डैमा शैक्षिक उत्कृष्टताका लागि शिक्षक र शिक्षकका प्रशिक्षकहरूको पेसागत विकास शीर्षकमा उक्त सिम्पोसियमको आयोजना गरिएको हो।

ब्रिटिस काउन्सिलको यो वार्षिक सिम्पोसियम विगतका वर्षहरूमा जसरी नै नेपालको शैक्षिक क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरूमा छलफलका लागि उल्लेखनीय मञ्च साबित भएको काउन्सिलले जनाएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो वर्षको सिम्पोसियम नेपालको विद्यालय शिक्षा क्षेत्र योजनामा उल्लेख भए अनुरूपको शैक्षिक उत्कृष्टताका लागि शिक्षक र शिक्षकका प्रशिक्षकहरूको निरन्तर पेसागत विकासमा केन्द्रीत रहेको थियो।

कार्यक्रमको उद्‌घाटनका क्रममा नेपालका लागि बेलायतका राजदूत रोब फेन ले भने,‘शिक्षाका लागि विश्वव्यापी साझेदारी लगायत कार्यक्रमहरू मार्फत बेलायत सरकारले नेपाललाई मानव विकासका सूचकाङ्कहरू हासिल गर्न सहायता उपलब्ध गराउँदै आएको छ। नेपालका तीनै तहका सरकारसँगको सहकार्यमा काठमाण्डौमा रहेको बेलायती दूतावास र ब्रिटिस काउन्सिल नेपालको विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनमा सघाउन प्रतिबद्ध छ।’

कार्यक्रमको उद्‌घाटनका क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले भने,‘हाम्रो शैक्षिक क्षेत्रभित्र प्रणालीगत सुधारलाई अगाडि बढाउन मुख्य सहयोगीका रूपमा ब्रिटिस काउन्सिलको महत्त्वपूर्ण भूमिका रहेको छ। गएका वर्षहरूमा शिक्षा मन्त्रालयले ब्रिटिस काउन्सिलसँग निकटमा रहरे सहकार्य गरेका थियौँ, शैक्षिक सुधार र क्षमता निर्माणमा ब्रिटिस काउन्सिलको विज्ञताको भरपुर लाभ उठाइएको छ। यसबाहेक शैक्षिक स्तर र अभ्यास सुधारका लागि बेलायतका विद्यालय र संस्थाहरूसँग पेसागत साझेदारी स्थापित गर्न संयुक्त प्रयासहरू पनि भएका छन्।’


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.