शनिबार, जेष्ठ २,२०८३ 12:03:07
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 12:03:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु.३० लाख प्रदान

Laxmi Sunrise Bank Limited
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु.३० लाख प्रदान
Shivam Cement

काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु.३० लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त अवसरमा कम्पनीका अध्यक्ष हेम राज ढकालले उक्त इन्स्टिच्युटका अध्यक्ष डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरे ।

उक्त अवसरमा कम्पनीका सञ्चालक समितिका सदस्य राजेन्द्र सिंह भण्डारी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठको उपस्थिति रहेको थियो ।

Bizshala
New Office
CG Motors

कम्पनीबाट प्रदान भएको यो रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्ने गरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुयाउने उद्देश्य लिई स्थापना भएको काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थले काठमाण्डौको गोल्फुटार, बुढानिलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुनेछ ।

Garima Development Bank
Shivam Cement
IME remit

सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले सामाजिक उत्तरदायीत्वअन्तर्गत आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.