सोमबार, श्रावण २५,२०८३ 05:44:22
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 05:44:22
Bizshala
Global IME Bank Limited

राम मन्दिर ट्रस्टबाट भारत सरकारले प्राप्त गर्यो करिब ४ सय करोड भारु, कुम्भमेलामा १.२६ करोडले गरे दर्शन

राम मन्दिर ट्रस्टबाट भारत सरकारले प्राप्त गर्यो करिब ४ सय करोड भारु, कुम्भमेलामा १.२६ करोडले गरे दर्शन
New Office

काठमाण्डौ । अयोध्याको राम मन्दिर ट्रस्टबाट भारत सरकारले करिब ४ सय करोड भारुबराबरको कर प्राप्त गरेको छ । आइतबार उत्तर प्रदेशको अयोध्यास्थित मणिराम छावनी मन्दिरमा राम मन्दिर ट्रस्टका ट्रस्टीहरूको बैठक बसेको थियो । जसमा ट्रस्टको लेखाजोखा प्रस्तुत गरिएको थियो ।

यो ट्रस्टको स्थापना सन् २०२० फेब्रुअरी ५ मा भएको थियो। राम मन्दिर ट्रस्टका सचिव चम्पत राईले ट्रस्टले फेब्रुअरी ५, २०२० देखि फेब्रुअरी ५, २०२५ सम्म सरकारलाई करिब ४०० करोड भारु तिरेको बताए ।  

यसमध्ये २७० करोड भारु जीएसटीको रूपमा दिइएको छ भने बाँकी १३० करोड रुपैयाँ अन्य करका रूपमा सरकारलाई दिइएको छ।  उनले अयोध्या आउने भक्तजनको संख्यामा उल्लेख्य वृद्धि भएको बताए । गत वर्ष करिब पाँच करोड भक्तजनले राम मन्दिरको दर्शन गरेका थिए ।

कुम्भमेला २०२५ को समयमा, १५ जनवरी २०२५ र २८ फेब्रुअरीको बीचमा लगभग १ करोड २६ लाख भक्तहरू अयोध्या पुगेका थिए।  यस अवधिमा दैनिक चारदेखि साढे चार लाख मानिस अयोध्या आउने गरेका थिए । यस्तै हरेक दिन १० वटा रेलले ४० हजारदेखि ५० हजार मानिसलाई अयोध्या ल्याउने गरेको जनाइएको छ ।

चम्पत राईले ट्रस्टको वित्तीय अभिलेखलाई नियन्त्रक तथा महालेखा परीक्षक (क्याग) का अधिकारीले लेखापरीक्षण गरेको बताए । करिब ६ महिनाअघि क्यागका अधिकारीहरूलाई पनि अयोध्याको आर्थिक विश्लेषण गर्न आग्रह गरिएको थियो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.