मंगलवार, भाद्र ३०,२०८३ 04:20:18
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 04:20:18
Bizshala
Global IME Bank Limited

चीनले रजिष्ट्रेशन अन्त्य गरेसँगै अमेरिकी मासु निर्यातकर्ता जोखिममा, ५ अर्ब डलर घाटा व्यहोर्नु पर्ने

चीनले रजिष्ट्रेशन अन्त्य गरेसँगै अमेरिकी मासु निर्यातकर्ता जोखिममा, ५ अर्ब डलर घाटा व्यहोर्नु पर्ने
New Office

काठमाण्डौ । चीनमा मासु निर्यात गर्दै आएका अमेरिकी कम्पनीहरु जोखिममा परेका छन् । करिब १ हजारभन्दा बढी मासु निर्यातकर्ताहरुको दर्ताको अवधि आइतबार समाप्त भएसँगै अमेरिकी मासु निर्माता कम्पनीहरु संकटमा परेका  हुन् ।  

२०२० फेज वान अन्तगर्त चीनले अमेरिकी कम्पनीहरुलाई  चीनमा मासु निर्यात अनुमति दिएको थियो । चीनको भन्सार कार्यालयको वेबसाइटमा पोर्क, बिफ र पोल्ट्री उत्पादक प्रमुख अमेरिकी कम्पनीहरु टाइसन फुड्स,स्मिथ फुड प्याकेज्ड मिट एण्ड कारगिल मिट सोलुसनको रजिष्ट्रेशन स्टाटस ‘इफेक्टिभ’ बाट ‘एक्सपायर्ड’मा परिवर्तन गरिएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

फेब्रुअरीमा करिब ८४ कम्पनीहरुको रजिष्ट्रेशन समाप्त भएको छ । तर भन्सारबाट यी कम्पनीहरुको सामान पास भईरहेको जनाइएको छ । तर चीनले कहिलेसम्म आयातलाई अनुमति दिने भन्ने बारे निश्चित भने छैन । चीनमा खाद्यान्न निर्यात गर्नेहरुले त्यहाँको भन्सारमा दर्ता हुनुपर्ने प्रावधान रहेको छ ।  

कुल दर्ता भएका दुई–तिहाई कम्पनीको रजिष्ट्रेशन सकिएसँगै अमेरिकी कम्पनीहरुको पहुँच विश्वको सबैभन्दा ठूलो मासु बजारमा कम हुनेछ । यसले अमेरिकी कम्पनीलाई ५ अर्ब डलर घाटा हुनेछ । चीनले केही दिनअघि २१ अर्ब डलरबराबरको अमेरिकी वस्तुहरुमा ट्यारिफ लगाउने घोषणा गरेको थियो ।  

Muktinath Bikas Bank Limited

सन् २०२४ मा अमेरिका, चीनमा मासु निर्यात गर्ने तेस्रो ठूलो आपूर्तिकर्ताको रुपमा रहेको थियो । पहिलो र दोस्रो स्थानमा भने ब्राजिल र अर्जेन्टिना रहेका छन् । सो वर्ष अमेरिकाबाट ५ लाख ९० हजार टन मासु चीन निर्यात भएको थियो । जुन चीनको कुल आयातको ९ प्रतिशत हो ।  

रकमको आधारमा भने अमेरिका दोस्रो ठूलो आपूर्तिकर्ता हो । गत वर्ष अमेरिकाले २.५ अर्ब डलरबराबरको मासु निर्यात गरेको थियो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.