Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

दुई पुनर्बीमासहित ८ बीमा कम्पनीको सेयरभाउ बढ्यो, प्रभु इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए

Global IME Bank Limited
दुई पुनर्बीमासहित ८ बीमा कम्पनीको सेयरभाउ बढ्यो, प्रभु इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३०८ कम्पनीको ५१ लाख १५ हजार ६५८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये ६ वटा समूहमा हरियाली छाएको छ भने ७ वटा समूह राताम्य भएका छन् ।  

बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.५१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.३६ प्रतिशतले घटेको छ । बीमा समूह घटेपनि आज ८ वटा बीमा कम्पनीको सेयरभाउ बढेका छन् ।  

सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्नेमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.९८ प्रतिशतले बढेर ५३८ रुपैयाँ पुगेको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ०.८२ प्रतिशतले बढेर ६१५ रुपैयाँ पुगेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै एनएलजी इन्स्योरेन्सको ०.८० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.६१ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.२८ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.२७ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.२३ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ०.०७ रुपैयाँले सेयरभाउ बढेको छ ।  

त्यस्तै, आज सर्वाधिक गुमाउने अर्थात सेयरभाउ घट्ने बीमा कम्पनीमा प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.६७ प्रतिशतले घटेर ७६५ रुपैयाँ कायम भएको छ ।  

यसका साथै हिमालयन लाइफको १.५५ प्रतिशत, नेको इन्स्योरेन्सको १.४९ प्रतिशत, सन नेपाल लाइफको १.१८ प्रतिशत, सानिमा जिआइसीको १.१५ प्रतिशत, सुर्यज्योति लाइफको १.०६ प्रतिशत, एशियन लाइफको १.०४ प्रतिशत, शिखरको ०.७० प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.५९ प्रतिशत, युनाइटेड अजोडको ०.५८ प्रतिशत, एलआइसी नेपालको ०.५५ प्रतिशत, नेपाल लाइफको ०.५० प्रतिशत, हिमालयन एभरेष्टको ०.४७ प्रतिशत, आइएमई लाइफको ०.३८ प्रतिशत, सलिकोको ०.३१ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२३ प्रतिशत र सिटिजन लाइफको ०.०२ प्रतिशतले सेयरभाउ घटेको छ ।  

बीमा कम्पनीहरुमा आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ८ करोड ६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.