बिहीबार, बैशाख ३१,२०८३ 10:58:46
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 10:58:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दुई पुनर्बीमासहित ८ बीमा कम्पनीको सेयरभाउ बढ्यो, प्रभु इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए

Laxmi Sunrise Bank Limited
दुई पुनर्बीमासहित ८ बीमा कम्पनीको सेयरभाउ बढ्यो, प्रभु इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३०८ कम्पनीको ५१ लाख १५ हजार ६५८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये ६ वटा समूहमा हरियाली छाएको छ भने ७ वटा समूह राताम्य भएका छन् ।  

बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.५१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.३६ प्रतिशतले घटेको छ । बीमा समूह घटेपनि आज ८ वटा बीमा कम्पनीको सेयरभाउ बढेका छन् ।  

सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्नेमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.९८ प्रतिशतले बढेर ५३८ रुपैयाँ पुगेको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ०.८२ प्रतिशतले बढेर ६१५ रुपैयाँ पुगेको छ ।  

Bizshala
New Office
CG Motors

यसका साथै एनएलजी इन्स्योरेन्सको ०.८० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.६१ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.२८ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.२७ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.२३ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ०.०७ रुपैयाँले सेयरभाउ बढेको छ ।  

त्यस्तै, आज सर्वाधिक गुमाउने अर्थात सेयरभाउ घट्ने बीमा कम्पनीमा प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.६७ प्रतिशतले घटेर ७६५ रुपैयाँ कायम भएको छ ।  

यसका साथै हिमालयन लाइफको १.५५ प्रतिशत, नेको इन्स्योरेन्सको १.४९ प्रतिशत, सन नेपाल लाइफको १.१८ प्रतिशत, सानिमा जिआइसीको १.१५ प्रतिशत, सुर्यज्योति लाइफको १.०६ प्रतिशत, एशियन लाइफको १.०४ प्रतिशत, शिखरको ०.७० प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.५९ प्रतिशत, युनाइटेड अजोडको ०.५८ प्रतिशत, एलआइसी नेपालको ०.५५ प्रतिशत, नेपाल लाइफको ०.५० प्रतिशत, हिमालयन एभरेष्टको ०.४७ प्रतिशत, आइएमई लाइफको ०.३८ प्रतिशत, सलिकोको ०.३१ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२३ प्रतिशत र सिटिजन लाइफको ०.०२ प्रतिशतले सेयरभाउ घटेको छ ।  

बीमा कम्पनीहरुमा आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ८ करोड ६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.