शुक्रबार, असार १२,२०८३ 03:50:26
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 03:50:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बीमाको दायरामा ४३% जनसंख्या, २.७% ले मात्रै बढ्यो व्यवसाय

Laxmi Sunrise Bank Limited
बीमाको दायरामा ४३% जनसंख्या, २.७% ले मात्रै बढ्यो व्यवसाय

काठमाण्डौ । बीमाको दायरा नेपालको कुल जनसंख्याको ४३.१४ प्रतिशत जनसंख्यामा पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा बीमाको दायरा (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित) ४३.१४ प्रतिशत जनसंख्यामा पुगेको हो ।  

अघिल्लो वर्षको तुलनामा बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ३.६१ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७९/८० को ७ महिनासम्ममा बीमाको दायरा ४४.७० प्रतिशत जनसंख्यामा पुगेको थियो ।  

नेपाल बीमा प्राधिकरणले बीमाको दायरा बढाउन विभिन्न स्थानीय तहहरुसँग समन्वय गरी बीमा सम्बन्धी अन्तक्र्रिया कार्यक्रम गर्दै आइरहेको छ । प्राधिकरणले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई बीमा सचेतनासम्बन्धी कार्यक्रमहरु अनिवार्य गर्नुपर्ने निर्देशन समेत दिदै आइरहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले वर्षभरी ३ वटा प्रदेशमा बीमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ । बीमा कम्पनीहरुले पनि विभिन्न क्षेत्रमा बीमा सचेतना कार्यक्रम गरिरहेका छन् । तरपनि गत वर्षको तुलनामा बीमाको दायरा घटेको छ ।  

आर्थिक मन्दीका कारण जीवन बीमामा सरेण्डर दर बढ्दै गएका कारण बीमाको दायरा जनसंख्या प्रतिशत घट्न पुगेको प्राधिकरणले जनाएको छ ।  

चालु आवको ७ महिनासम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले १ खर्ब ९ अर्ब ३८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा कम्पनीहरुको व्यवसाय भने गत वर्षको तुलनामा २.७५ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको यसै अवधिसम्म बीमा कम्पनीहरुले १ खर्ब ६ अर्ब ४५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।  

प्राधिकरणका अनुसार माघ महिनासम्म जीवन बीमा कम्पनीहरुले मात्रै ८६ अर्ब ९२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् भने निर्जीवन बीमा कम्पनीहरुले २२ अर्ब ४६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जीवन बीमा कम्पनीको व्यवसाय गत वर्षको तुलनामा ४.२४ प्रतिशतले वृद्धि भएको छ भने निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २.६० प्रतिशतले घटेको छ ।  

साथै जीवन बीमा कम्पनीहरुको बीमालेख संख्या गत वर्षको तुलनामा ३.२७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा कम्पनीहरुको बीमालेख संख्या ४.०८ प्रतिशतले वृद्धि भएको छ । हालसम्म जीवन बीमा कम्पनीको कुल बीमालेख संख्या १ करोड ३७ लाख ९४ हजार छ भने निर्जीवन बीमा कम्पनीको १७ लाख २ हजार छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.