Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

मुकेश अम्बानीका कान्छा छोरा भन्छन्,‘राम समान दाईसँग कुनै व्यवसायिक प्रतिष्पर्धा छैन,परिवारमा विभाजनको सम्भावना शून्य’

Global IME Bank Limited
मुकेश अम्बानीका कान्छा छोरा भन्छन्,‘राम समान दाईसँग कुनै व्यवसायिक प्रतिष्पर्धा छैन,परिवारमा विभाजनको सम्भावना शून्य’
Nabil Bank Limited

काठमाण्डौ । एशियाका शीर्ष धनाढ्य तथा विश्वका १० औँ धनाढ्य मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीले आफ्ना दाई आकाश अम्बानीसँग कुनै पनि व्यवसायिक प्रतिष्पर्धा नरहेको बताएका छन् ।  

आगामी १२ जुलाईमा राधिका मचेन्टसँग विवाह बन्धनमा बाधिन लागेका अनन्तले इण्डिया टुडेसँगको अन्तर्वातामा यस्तो बताएका हुन् । उनले भने,‘मलाई कुनै प्रकारको चिन्ता छैन । मेरो दाई मेरो राम हो र बहिनी आमा समान छिन् र हाम्रो बीचमा बिजनेस लाई लिएर कुनै पनि प्रतिष्पर्धा छैन ।’  

रिलायन्स घरानाका संस्थापक धीरुभाई अम्बानीको निधनपश्चात भएको विभाजन जस्तै सम्भावनाको विषयमा गरिएको प्रश्नलाई उनले नकारेका छन् । ‘जब तपाई अन्य मानिसको कुरा सुन्नुहुन्छ तब परिवारभित्र प्रतिष्पर्धाको सम्भावना बढ्छ । तर एक अर्काप्रति पूर्ण विश्वास कायम गर्नुहुन्छ भने यस्तो कुनै पनि सम्भावना बाँकी रहदैन ।’ उनले भने । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले दाजु र बिहिनीसँग एकदमै निकटको सम्बन्ध रहेको बताए । व्यवसायसँग सम्बन्धीत प्रश्नमा बुवा मुकेश अम्बानीलाई आफ्नो प्रेरणाको स्रोत बताउँदै उनले भने ,‘हाम्रो ध्यान सोलर उर्जा र ग्रिन–बायो इनर्जीमा केन्द्रीत छ । हामी प्रतिष्पर्धाका बारेमा कत्ति पनि सोच्दैनौ । बुवाले पनि सधै प्रडक्टमा ध्यान दिन र प्रतिष्पर्धामा ध्यान नदिन सुझाव दिइरहनुहुन्छ । उहाले काममा सफलता–असफलतापश्चात त्यसको चिरफार नगर्न र अघि बढ्ने मार्ग निर्देश गुर्नहुन्छ ।’

उनले आफु घरको कान्छो भएकाले व्यवसायमा दाई आकाश अम्बानी र बहिनी इर्शासँग व्यवसायका बारेमा सल्लाह–सुझाव माग्ने गरेको बताए ।  

सन् २००२ धीरुभाई अम्बानीको निधन भएपछि रिलायन्स परिवारले कष्टपूर्ण विभाजनको सामना गरेको थियो । त्यसबेला रिलायन्सको विशाल कारोबारलाई उनका दुई छोरा मुकेश र अनिल अम्बानीबीच बाँडफाँड गरिएको थियो । त्यसबेला नयाँ कारोबारको जिम्मा कान्छा छोरा अनिल अम्बानीलाई दिइएको थियो । जसमा टेलीकम,फाइनान्स, र उर्जा कारोबार समावेश थियो । जेठा छोरा मुकेश अम्बानीलाई पुराना व्यवसाय जस्तै,पेट्रोकेमिकल,टेक्सटाइल,रिफाइनरी,तेल–ग्यासको कारोबारको जिम्मेवारी दिइएको थियो । तर आज मुकेश अम्बानी एशियाको सबैभन्दा धनी व्यक्ति छन् भने अनिल अम्बानी ऋणमा डुबेका छन् ।    -एजेन्सी

 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.