Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

लगातार तीन साता घटेको बजारको इचिमकूमा वियरिस मोमेन्टम, कस्तो रहला आगामी हप्ता ?

Hyundai Nepal
लगातार तीन साता घटेको बजारको इचिमकूमा वियरिस मोमेन्टम, कस्तो रहला आगामी हप्ता ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच दिनमा बजार ३ दिन घट्यो भने २ दिन मात्रै बढ्यो ।  अघिल्लो साता २००५.८३ मा बन्द भएको बजार यो साता १९७२.०९ मा बन्द भयो । यो हिसावले यो साता सेयर बजारमा करिव ३४ अंकको गिरावट आयो । अघिल्लो साता पनि बजारमा ५६ अंकको गिरावट आएको थियो । यो साता दोस्रो बजारमा ११.६१ अर्बको कारोबार भयो ।

बजारमा अघिल्लो साता १२.३३ अर्बबराबरको कारोबार भएको थियो । यस हिसावले यो साता कारोबार र सूचक दुबैमा गिरावट आएको छ । यो साता बजार पूँँजीकरण ३० खर्ब ९९ अर्बमा सीमित रह्यो । अघिल्लो साता बजार पूँजीकरण ३१.५३ अर्ब रुपैयाँ रहेको थियो । यस हिसावले यो साता ५४ अर्ब बजार पूँजीरण घटेको छ । यो सातासहित बजारमा लगातार तीन साता गिरावट आएको छ ।  

Shivam Cement
Sagarmatha Cement

प्राविधिक पक्षः  

इचिमोकु  

जापानिज इन्डिकेटर ‘इचिमोकु’ क्लाउडअन्तर्गत यो साता नेप्सेको चार्टमा वियरिस मोमेन्टम देखिएको छ ।  इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए । प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्यूज पेपरमा प्रकाशित भएको थियो । योसँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो ।  

अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ । इचिमोकु क्लाउडअन्तर्गत यो साता नेप्सेको  चार्टमा वियरिस क्रसओभर देखिएको हो । अर्थात मूल्य रेखाहरु क्लाउड पोजिसन भन्दा तल झरेको छ । यसले मार्केटको ट्रेन्ड बियरिस मुभमेन्टम  बन्दै  गरेको बुझन सकिन्छ । त्यसै गरि बेस लाइन र कन्भर्जन लाइन बीच पनि वियरिस नै बनेको छ । २६ दिन पछि चल्ने ल्यागिङ स्पान पोजिसन पनि वियरिस मोमेन्टम नै देखाएको छ । यसै गरि क्लाउड पोजिसन पनि हरियोबाट रातो बनेको छ । (हेर्नुहोस् रातो एरो)। समग्रमा चार वटै इन्डिकेटरले बजारमा  वियारिस मोमेन्टम बन्दै गरेको देखिन्छ ।  

हेर्नुस् माथि मुख्य तस्विरमा  

बोलिङगर ब्यान्ड , म्याक्डी र आरएसआई  

यो साताको बजारलाई बोलिङगर ब्याण्डमार्फत नियाल्दा अघिल्लो महिना अपर ब्याण्ड शुटिङ स्टार बनाएर खसेको बजार यो साता मध्य ब्याण्डबाट पनि तल खसेको छ । यसले बजार कम्जोर बन्दै गएको छ भन्ने हो । त्यसै गरि क्याण्डल स्टिकबाट हेर्दा तीन साता लगातार बजारमा गिरावट आएको छ । जसलाई थ्री ब्ल्याक क्रोज पनि भन्न सकिन्छ । म्याक्डी मार्फन नियाल्दा करिव वियरिस क्रसओभरको नजिक बजार पुगेको देखिन्छ । साप्ताहिक बेसमा आरएसआई बाट हेर्दा हाल ४६ को तहमा देखिन्छ । यस्तो विन्दु घट्दो यस अघि साप्ताहिक बेसमा बजारमा ४० सम्म आएको देखिन्छ ।  

पिभट् प्वइन्ट  

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। यस अर्थ आगामी साता हुन सक्ने बजारको उत्तारचढाव यस्तो रहन सक्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२१०७

प्रतिरोध २ –२०८४

प्रतिरोध १– २०४५

पिभट प्वइन्टः २०२२

घटेमा सपोर्ट  

सपोर्ट १– १९८०

सपोर्ट २– १९६०

प्रतिरोध ३ –१९२१

निष्कर्षःयो साता नेप्सेमा ३४ अंकको गिरावट आयो भने कारोबार पनि अघिल्लो साताको तुलनामा घटेको छ । यो सातासम्म बजार लगातार ३ साता गिरावट आयो । तीन सातामा बजार करिव ११८ अंकको गिरावट आयो । प्राविधिक रुपमा यो साताको बजारालाई विभिन्न इन्डिकेटरबाट हेर्दा कम्मजोर र वियरि मोमेन्टम बनेको देखिन्छ । डाउ थेउरीमा पनि बजारले लोअर लो बनाउँदै खसेको देखिन्छ । कारोबार तथा भोल्युम हेर्दा भने यो साता निकै कम देखिन्छ । फिवोनासी मार्फत हेर्दा बजार ०.६१ प्रतिशतको करेक्सन पूरा गरेको देखिन्छ । 

यस हिसावले हेर्दा बजारले आगामी साता पिभट् प्वइन्टको दोस्रो सपोर्ट  १९६० देखि १९५० सम्मको विन्दुमा बलियो टेवा लिन सक्ने देखिन्छ । त्यहाँबाट पनि तल खसेमा भने बजार तेस्रो सपोर्ट सम्म पनि आउन सक्छ । तर बजार संधै घटेको घटै नगर्ने र बढे पछि पनि बढे को बढै नगर्ने भएको काराण लगातार तीन साता घटेको बजार आगामी साता केही अंकको करेक्सन पछि भने सुधार आउन सक्छ । किनकी बजार घट्दै गर्दा भोलुम हराउँदै गएको छ भने साप्तहिक रुपमा  पनि क्याण्डलहरु छोटा हुँदै गएका छन् ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.