Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

दुई बीमा र एक लघुवित्तको साधारण सभा आज बस्दै,लाभांश वितरण र हकप्रद निष्कासनसम्मको प्रस्ताव पारित हुने

Hyundai Nepal
दुई बीमा र एक लघुवित्तको साधारण सभा आज बस्दै,लाभांश वितरण र हकप्रद निष्कासनसम्मको प्रस्ताव पारित हुने
Nabil Bank Limited

काठमाण्डौ । आज दुई बीमा र एक लघुवित्त कम्पनीको वार्षिक साधारण सभा आयोजना हुँदैछ । आज हिमालयन रि इन्स्योरेन्स,आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्तको साधारण सभा आयोजना हुन लागेको हो ।  

हिमालयन रि इ्रन्स्योरेन्सको आज हुन लागेको तेस्रो वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित हुनेछ ।  

Shivam Cement
Sagarmatha Cement

यस्तै सभामा बोनस सेयर वितरणपश्चात कायम हुने चुक्तापूँजीमा ८० प्रतिशत(१ः०.८० अनुपात) हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित हुनुका साथै गत आवको वित्तीय विवरणहरु अनुमोदन हुनेछ ।  

यस्तै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सभाबाट पनि गत आवको वित्तीय विवरणहरु माथि छलफल गरी पारित गरिनुका साथै संस्थापक समूहबाट ४ जना (१ जना महिलासहित) र सर्वसाधारण समूहबाट २ जना प्रतिनिधित्व हुने गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

आजै हुन लागेको स्वाभिमान लघुवित्तको साधारण सभाबाट गत आवको वित्तीय विवरणहरु माथि छलफल गरी पारित गरिनुका साथै अन्य विविध विषयहरु पारित हुनेछ ।    

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.