शुक्रबार, बैशाख १२,२०८२ 11:51:34
IME remit
  • शुक्रबार, बैशाख १२,२०८२ 11:51:34
IME remit
Global IME Bank Limited

नेप्सेको पुनर्संरचना तथा ‘पोडकास्ट’ मार्फत वित्तीय सचेतना अभिवृद्धि गर्ने नेप्से सीईओको योजना

Hyundai Nepal
नेप्सेको पुनर्संरचना तथा  ‘पोडकास्ट’ मार्फत वित्तीय सचेतना अभिवृद्धि गर्ने नेप्से सीईओको योजना
Nabil Bank Limited

काठमाण्डौ। अघिल्लो दिन धितोपत्र बोर्ड र सीडीएससीसँग संयुक्त बैठक गरेका नेप्सेका सीईओ चूणामणी चापागाईले नेप्सेको पुनर्संरचना गर्दै अन्तर्राष्ट्रिय साझेदार भित्र्याउने विषयलाई जोड दिएका छन् । अघिल्लो दिन धितोपत्र बोर्डमा भएको छलफलमा नेप्सेको पुनर्संरचना गर्ने , एसएमई प्लेटफर्म लगायतका समसामायिक विषयमा छलफल भएको सीईओ चापागाईले जानकारी दिए  ।  

उनले अब जी टु जी सहमती गर्दै नेप्से अगाडी बढ्ने र खासगरि नेप्सेलाई अझै डिजिटलाइजेसन गर्ने विषयमाआफ्नो जोड रहने बताए। पूँजीबजारमा अहिले खड्केको वित्तीय चेतना अभिवृद्धि गर्न नेप्सेले छिट्टै युटुब लगायत विभिन्न सामाजिक सञ्जालबाट आफ्नै पोडकास्ट ल्याउने पनि उनले जानकारी दिए । ‘यसले हामीलाई सोझै लगानीकर्ताहरुसँग जोडिन सहज हुनेछ । यस्तै देशबिदेशमा रहेका लगानीकर्ताहरुलाई पूँजीबजारसँग सम्बन्धित जोखिम र सचेतना फैलाउन सह्योग पुग्नेछ ।’

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

नेप्सेले अहिले नयाँ भर्नालाई पनि जोड दिँदै केही आईटी कम्पनीसँग सम्बन्धित जनशक्ति पनि थप्न आवश्यक रहेको उनले जानकारी दिए । ‘हाम्रो उद्देश्य टीएमएस ब्रोकरहरुकै होस् भन्ने छ  । खासगरि विश्वभर ब्रोकरहरुको आफ्नै टीएमएस हुन्छ । स्टक एक्सचेञ्जले म्याचिङ इन्जिन मात्रै दिने हो । यसमा नै हामीले जोड दिन्छौ,’ सीईओ चापागाईले भने ।  

यस्तो छ  अहिेलेको नेप्सेको पूँजी संरचना

नेप्सेको हाल १ अर्ब चूक्ता पूँजी रहेको छ । जसमा नेपाल सरकारको ५८.६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको ९.५  प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ११.२३ प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत , लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत र सदस्य दलाल व्यवसायीको ०.६२ प्रतिशत सेयर हिस्सा छ ।

Muktinath Bikas Bank Limited

यसैगरि, नेप्सेले गत वर्ष ३ अर्ब चूक्तापूँजी सहित नयाँ पूँजी सँरचना बनाएर अर्थमन्त्रालयमा पठाएको छ । जुन हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन ।

प्रस्ताव अनुसार कर्मचारीसहित सर्बसाधारणको ३० प्रतिशत , नेपाल सरकारको १९.५५  प्रतिशत, कर्मचारी सञ्चय कोषको ३.३३ प्रतिशत  नेपाल राष्ट्र बैंकको ३.१७  प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.७४ प्रतिशत, लक्ष्मी सनराइज बैंकको  १.६७  प्रतिशत, प्रभु बैंकको १.६७ प्रतिशत , बैंक समूहको १३.३३ प्रतिशत , बीमा समूहको १३.३३ प्रतिशत ,सरकारी स्वामित्व सदस्यको १० प्रतिशत  र अन्य ०.२० प्रतिशत सेयर हिस्सा हुने प्रस्ताव रहेको छ ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.