मंगलवार, श्रावण ५,२०८३ 06:27:48
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 06:27:48
Bizshala
Global IME Bank Limited

सीजी केवाईसी चाइनाका प्रतिनिधि नेपालमा, सोरुम, सर्भिससाथै चार्जिङ स्टेसन अवलोकन

सीजी केवाईसी चाइनाका प्रतिनिधि नेपालमा, सोरुम, सर्भिससाथै चार्जिङ स्टेसन अवलोकन
New Office

काठमाण्डौ। कमर्सियल भ्यान केवाईसीका कम्पनी प्रतिनिधिहरु  बजार, सोरुमका साथै चर्जिङ स्टेसन अवलोकन गर्न चितवन पुगेका छन्।

लाइट कमर्सियल सेग्मेन्टमा चर्चित केवाईसी भ्यानको समग्र नेपालको बजार, भ्यान चल्ने रुट, चर्जिङ स्टेसनको विकास साथै भर्खरै खुलेको फ्ल्याग्सिप शोरुम हेर्न उनीहरु त्यहाँ गएका हुन्। 

उक्त अवसरमा नेपालका लागि सेल्स प्रमुख, सर्भिस साथै आन्य व्यक्तिहरुको उपस्थिति थियो। काठमाण्डौ-सिन्धुली, काठमाण्डौ-चितवन, काठमाण्डौ-हेटौंडा,हेटौंडा-वीरगञ्ज, चितवन- वीरगञ्ज, काठमाण्डौदेखि लामो रुट पूर्व, साथै पश्चिमसम्म सञ्चालनमा रहेको केवाइसी ११ सिटर  भ्यानमा विश्वकै ठूलो ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ४१.८६ किलोवाट आवरको ब्याट्री प्रयोग भएको छ। 

यसमा ५० किलोवाट पीकपावर भएको मोटर छ। गाडीले ५० किलोवाटसम्मको डीसी फास्ट चार्जर र ११ किलोवाट क्षमतासम्मको एसी (जीवीटी पोर्ट) चार्जर सपोर्ट गर्छ।

चालकसहित ११ जनाले यात्रा गर्न सक्ने यो भ्यान १८० एमएमको ग्राउन्ड क्लियरेन्स भएको कारण केही खराव बाटोमा पनि उत्कृष्ट पर्फमेन्स गर्न सक्षम छ।

यसको लम्बाई ४ हजार ४९५ एमएम, चौडाई १ हजार ६८० एमएम र उचाई १ हजार ९९० एमएम छ। यसमा २ हजार ९३० एमएम लामो ह्वीलवेस छ।

भ्यानमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक पनि दिइएको छ। एबीएससहितको सुरक्षा फिचर रहेको भ्यानमा रियर भ्यू क्यामेरा, टायर प्रेसर मोनिटर, रिजेनेरेटीभ ब्रेकिङ, सेन्ट्रल लक, १५ इन्चको अलोय ह्वील जस्ता फिचर छन्। यसको मूल्य ४५ लाख ५० हजार रुपैयाँ रहेको छ।

करिब १ हजारभन्दा धेरै गाडी बिक्री गरिसकेको सीजीले चार्जिङ स्टेसन पनि विस्तारसँगै इलाम, हिले, गाईघाट, वीरगञ्ज, परवानीपुर, लाहान, काठमाण्डौ, गोङगबु, भक्तपुर, सिन्धुली, सुकुटे, चरिकोट, चौतारा, मन्थली, त्रिशुली, चितवन, हेटौंडा, बुटवल,सुर्खेत,दाङ,कोहल्पुर,चिसापानी कर्णाली, महेन्द्रनगरबाट चार्जिङ सेवा लिन सकिने छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.