आईतवार, श्रावण १०,२०८३ 07:51:33
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 07:51:33
Bizshala
Global IME Bank Limited

हमासद्वारा इजरायलको नयाँ युद्धविराम प्रस्ताव अस्वीकार

हमासद्वारा इजरायलको नयाँ युद्धविराम प्रस्ताव अस्वीकार
New Office

काठमाण्डौ । हमासले इजरायलको नयाँ युद्धविराम प्रस्तावलाई औपचारिक रूपमा अस्वीकार गरेको छ । समूहले युद्ध अन्त्य गर्ने र बाँकी रहेका सबै बन्धकहरूको रिहाइको बदलामा प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सम्झौतामा वार्ता गर्न तयार रहेको बताएको छ।

हमासका प्रमुख वार्ताकार खलील अल–हयाले भिडियोमार्फत आफ्नो बयान जारी गरेका छन्। यसमा हयाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको राजनीतिक एजेन्डा पूरा भएको कुनै पनि सम्झौता स्वीकार नगर्ने बताएका छन् ।  

इजरायलको नयाँ सम्झौताले १० बन्धकहरूलाई रिहा गर्ने बदलामा ४५ दिनको युद्धविरामको लागि आह्वान गरेको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही घण्टाअघि इजरायली हवाई आक्रमणमा ३७ जनाको ज्यान गएको जनाएको छ।

यद्यपी इजरायली सेनाले यस विषयमा अहिलेसम्म केही बोलेको छैन ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.