शुक्रबार, बैशाख १२,२०८२ 10:42:36
IME remit
  • शुक्रबार, बैशाख १२,२०८२ 10:42:36
IME remit
Global IME Bank Limited

‘इलिअट वेभ र पेष्टल’ मार्फत नियाल्दा अबको बजारको सम्भावना कस्तो ? (साप्ताहिक विश्लेषणसहित )

Hyundai Nepal
‘इलिअट वेभ र पेष्टल’ मार्फत नियाल्दा अबको बजारको सम्भावना कस्तो ? (साप्ताहिक विश्लेषणसहित )
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता पनि सेयर बजारमा ४ दिन नै  कारोबार भएको थियो । यो साता ४ दिनको कारोबारमा बजार  ३ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो साता २ हजार ६७०.७० विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७२२.७३ विन्दुमा बन्द भयो ।

यस हिसाबले यो साता ५२.०३ अंकले सेयर बजारमा सुधार आयो । अघिल्लो साता नेप्से परिसूचक ३२.६९ अंकले घटेको थियो । यो साता दोस्रो बजारमा ४ दिन कारोबारमा ३२ अर्ब ८८ करोडबराबरको सेयर कारोबार भयो । अघिल्लो साता भने बजारमा २१ अर्ब ९ करोडबराबरको सेयर कारोबार भएको थियो ।  

यस हिसाबले यो साता दोस्रो बजारमा नेप्से परिसूचक र दैनिक औषत कारोबार दुबैमा सुधार आयो । यो साता बजार पूँजीकरण ४५ खर्ब २६ अर्बबराबरको कारोबार भयो । अघिल्लो साता बजार पूँजीकरण ४४ खर्ब ३९ अर्ब रहेको  थियो  ।  यस हिसाबले यो साता बजार बढ्दा लगानीकर्ताको सम्पत्ति ८७ अर्बले बढ्यो ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

पेस्टल विश्लेषण (pestle )

पेस्टल विश्लेषण भनेको वर्तमान समयको पूँजी बजारमा राजनीतिक, आर्थिक, सामाजिक, वातावरण, कानूनी विषय र प्रविधिको विश्लेषण हो । जसमा राजनीतिमा सरकारको नीति तथा नियम, नेतृत्व विश्लेषण गरिन्छ । अहिलेको अवस्थामा दुई ठूला दलको सरकारलाई मजबुत मान्नु पर्छ ।  

त्यसैगरि, आर्थिक विषयमा मुद्रास्फीति तथा ब्याजदर, देशको आर्थिक वृद्धि तथा रोजगार पर्ने गर्छ । राष्ट्र बैंकको तथ्यांकअनुसार ब्यालेन्स अफ पेमेन्ट , विदेशी मुद्राको प्रयाप्त मात्रामा देखिन्छ ।  

सामाजिक तत्वमा उमेर समूह र जनसंख्या पर्छ । जसमा अहिलेको पूँजीबजारमा युवाको आकर्षणलाई लिन सकिन्छ । जसमा ६६ लाख डिम्याट खाता पुग्नु सकारात्मक विषय हो । त्यसैगरि, प्रविधिमा टिएमएस तथा मेरो सेयर जस्ता प्रविधिको विकासलाई लिन सकिन्छ । कानूनि रुपमा हेर्दा केही लगानीकर्ताहरुले नरुचाएका नीतिमा संसोधन हुन आवश्यक देखिन्छ । यसरी समग्रमा पेष्टल मार्फत अहिलेको पूँजी बजारलाई नियाल्दा सबै विषय सकारात्मक देखिन्छ ।  

तर केही नीतिगत रुपमा सुधार गरेर लगानीकर्ताको मनोबल उकास्न सकेमा कुनै दिन एकै दिन ३० अर्ब कारोबार भएको पूँजीबजारमा ५० अर्ब सम्मको कारोबार सामान्य हुन सक्छ । जसले सरकारको राजश्वमा पनि उल्लेखनिय सुधार आउन सक्छ ।  

Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

इलिअट वेभको आधारमाः

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एकदिनदेखि एकसय वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

पछिल्लो बजारलाई १८ सयको विन्दुदेखि ३ हजारसम्म लगानीकर्ताको मनोविज्ञान, बजारले बनाएको चक्र, भोल्युम तथा कारोबार रकम समेतको आधारमा हेर्दा हालको करेक्सन चौथौं वेभको करेक्सन भएको र अब पाँचौ वेभमा बजारले हालसम्म कै उच्च विन्दुलाई पनि ब्रेक गरेर कम्तिमा ३५ सय भन्दा माथि नै हुन्छ भन्ने हाम्रो बिश्लेषण हो ।  

जस अनुसार १८ सय देखि २२ सय सम्म वेभ १ , २२ सय देखि १८६० सम्म वेभ २ , त्यसपछिको बढोत्तरीमा बजार ३ हजार सम्म पुगेको थियो । ३ हजारबाट २४६० सम्म वेभ ४ बनाएरको बजारले अब वेभ पाँच बनाउँदै गरेको देखिन्छ । यस हिसाबले अब वेभ १ बराबर वेभ ५ हुन्छ भन्ने सिद्धान्तलाई आधार मान्ने हो भने पनि बजारले एकपटक अल्ट टाइम हाई बनाउन सक्ने देखिन्छ । जसलाई आधारभूत रुपमा राष्ट्र बैंकको त्थयांकले पनि थप स्पष्ट गरेको छ ।  

सुपर ट्रेण्डः  

सुपर ट्रेण्डमा यदि मूल्य रेखाहरु ट्रेण्डलाईन भन्दा माथि चलेमा बजार बुलिस र ट्रेण्डलाईन भन्दा तल रहेमा वियरिस भन्ने बुझिन्छ । यो साता बजार सुपर ट्रेण्ड भन्दा तल नै चलेको छ । अर्थात सुपर ट्रेण्डको रंग रातो नै रहेको छ । यसले यो साता बजार २७३५ विन्दुमा प्रतिरोध सामना गरेको छ । यस हिसाबले यदि आगामी साता बजार २०३५ विन्दुभन्दा माथि लागेमा अप ट्रेण्ड लिन सक्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३२३८

प्रतिरोध २ – ३०८३

प्रतिरोध १–  २८८८

पिभट् प्वइन्टः २७३४

घटेमा सपोर्ट  

सपोर्ट १– २५३८

सपोर्ट २– २३८४

सपोर्ट  ३ –२१८८

निष्कर्षः यो साता सेयर बजारमा ५२ अंकको सुधार आयो । अघिल्लो साता बजार ३२.६९ अंकले घटेको थियो । यो साता सेयर बजारमा कारोबार र सूचक दुबैमा बढोत्तरी आयो । खासगरि, यो साता चैत्र माहिनाको दबाब सकिएसँगै बजारमा सुधार देखिएको हो । प्राविधिक रुपमा यो साताको बजार ५० दिने मूभिङ एभरेज भन्दा माथि लागेको छ भने सुपर ट्रेन्डबाट नियाल्दा यो साता बजारले २७३५ विन्दुमा प्रतिरोध सामना गरेको छ ।  

यो साता कारोबार र भोल्युम दुबैमा बढोत्तरी आयो । आरएसआई र मनी फ्लो इन्डेक्सबाट नियाल्दा बजारले ओभर सोल्ड जोनबाट फर्केको देखिन्छ । यस हिसाबले हेर्दा यो साताबाट सुधार लिएको बजारले आगामी साता पनि निरन्तरता पाउन सक्ने देखिन्छ । यसका लागि बजार पिभट् प्वइन्ट २७३५ विन्दुभन्दा माथि टिकेर कारोबार हुनु पर्नेछ । क्षेत्रगत रुपमा नियाल्दा बजारले यो साता कारोबार र अन्य समूहबाहेक सबै समूहमा हरियाली छायो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.